भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ पुगे


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिरमा शनिबार बिहानै पूजा गरेका छन् । मोदीको स्वागतमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबका पदाधिकारीले मोदी अवतरण गर्ने हेलिप्याडदेखि मन्दिर प्रवेशद्वारसम्म ६ वटा गेट निर्माण गरेको छ ।

गेटमा स्थानीय निकायको स्वागतसँगै मोदी मन्दिर परिसरमा पुगेका हुन् ।मोदीलाई स्वागत गर्न संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुक्तिनाथ परिसरमा शनिबार बिहानै पुगेका थिए । पर्यटनमन्त्री र प्रदेश ४ का मुख्यमन्त्रीले स्वागत गरेपछि मोदी पैदलै मन्दिर प्रवेश गरेका हुन्। मन्दिरको गेटमा पनि उनलाई विशेष स्वागतको व्यवस्था गरिएको थियो ।

नेपाल भ्रमणको दोस्रो दिन बिहानै मोदी मुक्तिनाथको दर्शन गर्न पुगेका हुन् । मोदी राजधानी काठमाडौंबाट बिहानै मुक्तिनाथ आइपुगेका हुन् । मोदीको मुक्तिनाथ दर्शनलाई लिएर बेनी–जोमसोम सडकखण्ड र मनाङसँग सीमा जोडिएको थोराङला पास शनिबार मध्याह्न १२ बजेसम्मलाई बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार