नेपालको २ दिने राजकीय भ्रमणका क्रममा शुक्रबार भारतबाट सिधै जनकपुर आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर विमास्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु राउत लगायतले स्वागत सम्मान गरेका थिए ।
जानकी मन्दिरमा मोदीलाई ओलीको स्वागत
मोदीलाई जनकपुरको जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए । मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट गाडी चढेर मोदी जानकी मन्दिर पुगेका थिए ।
मोदीद्वारा जानकी मन्दिरमा पूजा अर्चना
मोदीले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका थिए । मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री बनेका छन् ।
बस सेवाबाट जोडियो सीता रामको जन्मस्थल
सीताको जन्मस्थल जनकपुर र रामको जन्मस्थल अयोध्यासम्म शुक्रबारबाट बस सेवा सुरु भएको छ । जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको ओली र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । शुक्रबार जनकपुरबाट प्रस्थान गरेको बसलाई शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा स्वागत गर्नेछन् ।
रामको ससुराली जनकपुरबाट बस सेवा सुरु भएपछि जनकपुर पनि रामायण सर्किटमा औपचारिक रुपमा जोडिएको छ । अब हरेक वर्ष भारतको अयोध्यामा जनकपुर महोत्सव र जनकपुरमा अयोध्या महोत्सव गर्ने योजना बनेको छ भने दुवै प्रधानमन्त्रीहरुले संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन गरेका छन् ।
मोदीले भने, सीता भूमिमा पाइला टेक्न पाउँदा ज्यादै खुसी छु
बस सेवा शुभारम्भ गर्नुअघि जानकी मन्दिर परिसरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले उनले राजा जनक र सीताको भूमिमा पहिलो भारतीय प्रधानमन्त्रीको रुपमा पाइला टेक्न पाउँदा खुसी लागेको बताए । उनले आफूलाई प्रधानमन्त्री बनाउने उत्तर प्रदेश, बनारस र त्यहाँका जनतालाई स्मरण गर्दै नेपाल र भारतीय जनताको अटुट सम्बन्ध अविस्मरणीय रहेको बताए । मोदिले जनकपुरबाट सुरु भएको बस सेवाबाट रामायण सर्किटमा पर्ने स्थानहरुको आर्थिक विकास एवम् नेपालभारतका जनताको सम्बन्ध अझै मजबुत हुने बताए भने मोदीलाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको ओलीले बताए ।
मोदीलाई जनकपुरमा १२१ किलोको ३ वटा माला सहित नागरिक अभिनन्दन
मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । जनकपुरको रंगभूमि बाह्र बिगहा मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उनलाई अभिनन्दनपत्र प्रदान गरेका थिए । प्रमुख साहले मोदीलाई उपमहानगरपालिको सांकेतिक साँचो समेत हस्तान्तरण गरेका थिए । समारोहमा मोदीलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै तीन माला लगाएर सम्मान दिएका थिए ।
मुख्यमन्त्री राउतको विवादास्पद अभिव्यक्ति, संविधानलाई भने विभेदकारी
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरुको संघर्ष जारी रहेको बताएका छन् । जनकपुरमा आयोजित मोदीको नागरिक अभिनन्दन कार्यक्रममा उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका हुन् ।
मुख्यमन्त्री राउतले वर्षायाममा बाढीका कारण नेपालको मधेस र भारतका हजारौं मानिसहरु प्रभावित भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्न पनि मोदीको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश २ लाई १ अर्ब सहायता दिने मोदीको घोषणा
नागरिक अभिनन्दन ग्रहण गरेपछि समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल–भारतबीचको मित्रता सागरभन्दा गहिरो र नेपालीको स्वाभिमान सगरमाथा भन्दा उच्च रहेको बताए । माता सीता र भगवान गौतम बुद्धले जन्म लिएको भूमि नेपाल संसारमा नै सम्मानित रहेको उनको भनाइ थियो ।
मैथली भाषामा सम्बोधन सुरु गरेका भारतीय प्रधानमन्त्री मोदीले भोजपुरी, नेपाली हुँदै हिन्दीमा धारणा राखेका थिए । नेपाल विना भारतको नाम र इतिहास अधुरो हुने भन्दै मोदीले नेपाल र भारतको सुख–दुःख समान रहेको र दुवै देशको इच्छा–आकांक्षा पनि समान रहेको पनि बताए । तीन तहको निर्वाचन सम्पन्न गरेकोमा नेपाललाई बधाई दिँदै मोदीले नेपाली नागरिकले दिएको जनादेशमा भारतको सम्मान रहेको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न सवा सय करोड भारतीय जनताका तर्फबाट शुभकामना व्यक्त गरेका मोदीले भारत–नेपाल सडक, जल, जमिन, आकाश र अन्तरिक्षबाट समेत जोडिनु पर्नेमा जोड दिएका थिए ।
नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् । उनले प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्ने बताए ।
काठमाडौंमा परराष्ट्रमन्त्री ज्ञवालीको स्वागत
मोदी जनकपुरको कार्यक्रम सकेर काठमाडौं आइपुगेका थिए । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । लगतै मोदी बौद्धस्थित होटल हायात पुगेका थिए । त्यहाँ केहीबेर विश्राम लिएर मोदी सैनिक मञ्च टुँडिखेल पुगेका थिए ।
मोदीलाई गार्ड अफ अनर
मोदीको सम्मानमा टुँडीखेलमा गार्ड अफ अनर दिइएको थियो । काठमाडौं आउन ढिला भएपछि करिब ५ बजेका लागि कार्यक्रम सरेको थियो । टुँडीखेलको सैनिक मञ्चमा सैनिक टुकडीले उनलाई गार्ड अफ अनर प्रदान गरेको हो ।
विगतमा विमानस्थलमै यस्तो सम्मान दिने चलन थियो । तर, केपी शर्मा ओली सरकारको नेतृत्वमा आएपछि नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई टुँडीखेलमा गार्डअफ अनर दिइएको थियो । टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने मोदी दोस्रो विशिष्ट पाहुना हुन् ।
राष्ट्रपति र उपराष्ट्रपतिसंग मोदीको शिष्टाचार भेट
गार्ड अफ अनर लिए लगतै मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी भेट गरेका मोदीले नेपाल भारत वीचको सम्बन्धको चर्चा गरेका थिए ।
ओली र मोदीले संगै गरे अरुण तेस्रोको शिलन्यास
मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग साँझ द्वारिकाज होटलमा भेटवार्ता गरेका छन् । भेट लगतै दुई प्रधानमन्त्री मोदी र ओलीले अरुण तेस्रोको स्वीच थिचेर शिलन्यास गरेका छन् । लामो समयदेखि भारतीय सहयोगमा बन्ने भनिएको अरुण तेस्रो परियोजनाको बल्ल शिलन्यास भएको हो । होटल द्वारिकाजमा ओलीको रात्रीभोजमा मोदी सहभागी भएका थिए भने विभिन्न नेताहरुसँग पनि मोदीले छुट्टा छुट्टै भेट गरे ।
मुख्यमन्त्री राउतको विवादास्पद अभिव्यक्ति, संविधानलाई भने विभेदकारी
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरुको संघर्ष जारी रहेको बताएका छन् । जनकपुरमा आयोजित मोदीको नागरिक अभिनन्दन कार्यक्रममा उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका हुन् ।
मुख्यमन्त्री राउतले वर्षायाममा बाढीका कारण नेपालको मधेस र भारतका हजारौं मानिसहरु प्रभावित भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्न पनि मोदीको ध्यानाकर्षण गराएका थिए ।
कस्ले विगा¥यो नेपालको झण्डाको आकार ?
जनकपुरधाममा ओली र मोदीले संयुक्त रुपम पूजा गरिसकेपछि पालैपालो वक्तब्य दिएका थिए । सो क्रममा मञ्चको दुईपट्टि नेपाल र भारतको झण्डा राखिएको थियो । तर नेपालको झण्डा जुन आकारमा हुनुपर्ने थियो त्यो आकारमा थिएन । नेपाली झण्डाको त्रिकोणात्मक आकार हुनुपर्नेमा नेपालको झण्डा निकै भद्दा बनाइएको थियो । देशको राष्ट्रिय झण्डाको स्वरुप नै फेरिएको दृष्य शोभनीय देखिएन र यसवारे आलोचना शुरु भइसकेको छ ।
के मोदीले त्यो सहयोग कहाँ गयो, यो सहयोग आउँला ?
२०७१ सालमा पहिलोपटक नेपाल भ्रमणमा आउँदा नरेन्द्र मोदीले नेपालको विकासको लागि १ खर्ब सहयोग गर्ने बताएका थिए ।
र अहिले पनि उनले प्रदेश नम्बर २ लाई १ अर्ब सहयोग दिने बताएका छन ।
पहिले नेपालको संसदमा नै बसेर गरेको वाचा पनि पुरा नगरेका मोदीले अहिलेको वाचा पुरा गर्लान या नगर्लान शंका उत्पन्न भएको छ ।
मोदी आउँदा सडक सुनसान, आक्रोशित भए नागरिक
नरेन्द्र मोदी जनकपुरबाट काठमाडौको त्रिभुवन विमानस्थमा ओर्लिएपछि उनी सवार हुने सडकहरुमा अन्य कुनैपनि सवारी साधनलाई चल्न दिइएन । जसको रत्नपार्क, गौशाला, महाराजगंज, लैनचौर लगाएतका स्थानका सडकहरु सुनसान भए । कुनै पनि सवारी साधन नचलेपछि आफ्नो गन्तब्यमा पुग्नुपर्ने नागरिकहरु पुग्न सकेका छैनन । जसका कारण उनीहरु निकै आक्रोसीत बनेका छन ।
के नाकाबन्दी वारे बोल्लान् त मोदी ?
यतिबेला नेपाली जनता मोदीसंग आक्रोसित हुनुको मुख्य कारण हो, भुकम्पको समयमा भारतले लगाएको नाकाबन्दी । नेपाल भ्रमणमा रहेका मोदिले जानकी मन्दिरमा पूजा गरेपछि र नागरिक अभिनन्दनको समयमा दुईपटक लामै भाषण गरे । उनले भाषणमा नेपाल भारत सम्बन्धको बारे खुलेर तारिफ गरेका छन र दुई देशको सम्बन्धलाई प्रशंसा गर्न कुनै कन्जुस्याई गरेका छैनन । तर अहिलेसम्म नेपालीको चासोको विषय बनेको नाकाबन्दीको विषयमा भने मुख खोलेका छैनन । नेपाली जनता नाकाबन्दी लगाउनुको कारण जान्न चाहान्छन । अहिलेसम्म नाकाबन्दीबारे मुख नखोलेका ओलीले भारत फर्कनेबेलासम्म यसबारे बोल्लान या नबोल्लान त्यसको प्रतिक्षाको बिषय बनेको छ भने सोसल मिडिया आलोचना भइरहेको छ ।
एमालेको हिजोको विरोध, आजको समर्थन
२०४८ सालदेखि चर्चामा आएको अरुण तेस्रोको काम अहिलेसम्म अगाडी नबढ्नु एमालेकै हात रहेको छ । सम्झौता भएर अगाडी बढ्न लागेको यो परियोजनाको बारेमा २०५१ साल कार्तिक १ गते नेकपा एमालेका महासचिव माधव कुमार नेपालले विश्व बैंकका अध्यक्षलाई पत्र काटे । उक्त पत्रमा लागतमा पुर्नविचार तथा वातावरणीय दृष्टिकोण अध्ययन विषयलाई जोड्दै असहमती प्रस्तुत गरिएको थियो । जसका कारण विश्व बैंक पछि हटेको थियो । तर अहिले एमाले यो परियोजना प्रति पुर्ण रुपमा सहमत बन्दै अहिले भने मोदी आउँदा शिल्यान्यास भयो ।