मोदीको स्वागतका लागि चर्को घाममा विद्यार्थीको प्रयोग


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि काठमाडौंमा विद्यार्थीको प्रयोग गरिएको छ । मोदी काठमाडौं आउने क्रममा गौशाला क्षेत्रमा मोदीको स्वागतको लागि भन्दै विद्यार्थीको प्रयोग गरिएको हो ।

जुन शिक्षा विभागको निर्देशन विपरित छ । यसअघि शिक्षा विभागले कुनै पनि कार्यक्रममा सहभागी हुन आउने अतिथिको स्वागतमा विद्यालयका छात्रछात्रालाई प्रयोग नगर्न निर्देशन दिएको थियो ।

केही समयअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुलाई लामो समय कुराएपछि विभागले सवै जिल्लामा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको थियो ।

काठमाडौं महानगरपालिको उर्दीमा मोदीका स्वागतका लागि शारदा मावि र गुह्येश्वरी माविका विद्यार्थीको प्रयोग गरिएको हो । करिब ७ वर्षदेखि १४ वर्षसम्ममा बालबालिकालाई मोदीको स्वागतको लागि प्रयोग गरिएको हो ।

काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक रहेका विद्यालयहरुलाई पत्र लेखेरै विद्यार्थीलाई सडकमा उभ्याउन उर्दी जारी गरेको विद्यालय स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार