यी हुन् दिमाग तेज बनाउने ७ घरेलु जडिबुटी

शरीरको एकदमै महत्वपूर्ण हिस्सा हो दिमाग । दिमाग बिना शरीरका कुनै पनि अंगले काम गर्न सक्दैन । तर कहिले मानिसहरुको मध्यपान, धुम्रपान, नराम्रो आदत, पोषक तत्वको कमि जस्ता कुराले गर्दा स्मरण शक्ति कमजोर हुन जान्छ । त्यसकारण स्मरण शक्ति बढाउनका लागि हामीले घरेलु ७ जडिबुटीहरुका बारेमा तपाईलाइ बताउन गईरहेका छौं । तिनीहरुको सहि तरिकाले प्रयोगमा ल्याउदा दिमाग तेज हुन सक्छ ।

१ दालचीनी
दालचीनीलाई खानमा गरम मसलाको मात्र नभएर यो औषधि पनि हो । दालचिनीले दिमागलाई तेज बनाउछ । राति सुत्ने समयमा एक चिम्टी दालचिनी पाउडर लाइ मह मा मिलाएर खादा मानसिक तनाब बात मुक्त मिल्छ । अनि दिमाग तेज हुन्छ

२ बेसार
बेसार दिमागलाई तेज बनाउने एक महत्वपुर्ण जडिबुटी हो । यो खानाको स्वाद र रंगमा प्रयोग गरिन्छ यसको नियमित प्रयोग ले भुल्ने समस्या बाट बच्न सकिन्छ ।
३जटामंसी
यसको जरामा लट्टा परेको कपाल जस्तै तन्तु हुने भएकाले यसलाई जटामसी भनिएको हो । यो औषधिको रुपमा प्रयोग हुन्छ । यो स्मरण शक्ति बढाउनको लागि एकदमै राम्रो औषधि हो । एक चम्चा जटामसी एक कप दूध मा मिसाएर पिउदा दिमाग तेज हुन्छ ।

४ तुलसी
बिशेषगरी तुलसी रुघाखोकीको अति राम्रोको रुपमा पनि प्रयोग गरिन्छ । यो धेरै जसो मानिसले चिनेजाने को जडिबुटी हो । यसको प्रयोगले मुटु र दिमागलाई राम्रो फाईदा गर्दछ ।

५ जाईफल
दिमागलाई तेज बनाउनको लागि जाईफल पनि अति उपयोगी जडिबुटी हो । यसको प्रयोगले भुल्ने समस्या बाट मुक्त मिल्छ।

६ कालो मरीच
कलोमरीचमा पेपरिन रसायन पाइने हुदा यसको प्रयोगले दिमागका कोसीकालाई आराम दिन्छ । यसको प्रयोगले डिप्रेशन तथा अन्य रोगबाट पनि मुक्ति पाउन मदत गर्दछ। दिमागलाई स्वस्थ राख्नको लागि कालोमरिच अति उपयोगी घरेलु जडिबुटी हो ।
७ अदुवा
अदुवालाई खानामा स्‍वादका प्रयोग गरिन्छ, त्यसका सथसाथै यसलाई अनिद्रा, डिप्रेशन जस्ता रोगहरुको लागि औषधिका रुपमा प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार