सिधाकुरामा रवीको प्रश्न, ‘वर्षौसम्म निदाएर बस्ने अनि मोदी आउँदा रातारात काम गर्ने ?’


सोचेको थिए आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको कुरा नगरौँ तर परिस्थीतीले त्यसै विषयमा केन्द्रित हुन विवश गराएको छ ।
हामी नियतबश कसैको विरोध गर्दैनौ र अन्धभक्त भएर कसैको समर्थन पनि गर्दैनौँ । तर मोदीको भ्रमणलाई लिएर मधेश र पहाड भनेर कित्ताकाट गर्ने दुसप्रयास कसैले नगरोस् ।

हाम्रै कार्यक्रम र मैले नै बोलेका कुरामा समेत अनर्थ लगाउने प्रयास हुँदैछ । कसैलाई खुशी पार्न र कसैलाई दुखी बनाउन कार्यक्रम बनाउँदैनौँ हामी । मोदी भ्रमणका बिषयमा भनिएका कुनै पनि अभिव्यतmी मधेश विरोधी छैनन् ।

पवित्र जनकपुर सफा गर्न कुचो बोकेर निस्कन मोदी नै आउनु पर्छ भन्ने हाम्रो प्रश्न कहाँनिर नाजायज छ ? जनकपुर सफा भो राम्रो भो तर विकास सफाइ भन्ने कुरा नियमित प्रक्रियामा हुनुपर्नेमा किन भएन भनेर प्रश्न गर्दा त्यसमा मोदीको विरोध, भारतको विरोध, जनकपुरको विरोध अनि तराई मधेशको विरोध बुझ्ने मानिसले उपचार गराउन जरुरी छ, जति सक्दो चाँडो ।

राज्यकोषको करोडाँै पैसा खर्च गरेर बनाएको बाटो पिच कमजोर भएर केही दिनमै विग्रीयो भने के गर्ने भनेर सोधेको प्रश्न र उठाएको बिषयले मदेश विरोधी बनाउँछ भने त्यस्तो सोच भएका मानिसले उपचार स्वदेशमा भन्दा विदेशमा राम्रो हुन सक्छ ।

२० औँ बर्षसम्म किन केही नगरेको ? गरे हुने रहेछ त भनेर सरकार र सरोकारवालालाई सिधाकुरा राख्दा मन दुखाउने लाई हुर्किने बाहेक अरु सल्लाह दिन सकिदैन । आफ्नो ठाँउ, आफ्नो गाँउ विकास गर्नलाई विदेशी पाहुना नै आउनुपर्छ भनेर त म जीन्दगीभर सोधिरहन्छु ।

भुकम्पले थला परेको नेपाललाई भारतले नाकाबन्दी लगायो, उसले त्यसबारे बोल्नु पर्छ भनेर जीन्दगी भर भनिरहन्छु । भारततिर भात खाएर नेपालतिर ढुंगा हान्नेको जिन्दगी भर विरोध गरी रहन्छु । बर्खा लागेपछि भारतले लगाएको बाँधका कारण नेपालका भुभाग डुवानमा पर्छन्, त्यसबेला हरेक बर्ष तराई मधेश क्षेत्रका हाम्रा नागरीक मर्छन, विस्थापित हुन्छन् । यो अमानविय कामको जीवनभर विरोध गर्छु । भारत चाही बचाउने, नेपाल चाही बगाउने निती मर्नुपरे पनि मान्दिन ।

जनकपुर सफा भएकोमा दुख लागेको होइन, काठमाडौको हायात होटलको ढोका सम्म पिच भएकोमा पिर परेको होईन । वर्षौसम्म निदाएर बस्ने अनि मोदी आउँदा रातारात काम गर्ने ।

मोदीको सम्मान मजाले गरोस सरकारले तर जीवनर भर यहि बस्ने जनतालाई हिलो भएपनि धुलो भएपनि फोहोर भएपनि होस भनेर सरकार र केही नेताहरुले हेपेको देखेर त्यसको विरोध गरेको, त्यो पनि खुलेर ।

कुरालाई बङ्ग्याएर मधेश र पहाड भनेर साम्प्रदायीकता फैलाउने तत्वहरु देखि सावधान । मोदी भ्रमणको मौकामा त्यस्ता सन्देश दिन खोज्नेहरु मधेश, हिमाल पहाड मिलेर बसेको देख्न नसक्ने आरिसे र भडुवा हुन् ।

सच्चा मधेसी, सच्चा पहाडी, सच्चम हिमाली अझ भनौ सच्चा नेपालीले कहिले पनि विभेदको कुरा गर्दैन । फुट्ने कुरा गर्दैन, कुट्ने कुरा गर्दैन, लुट्ने कुरा गर्दैन । बाँकी रह्यो मोदी भ्रमणको कुरा म मात्र के सारा देश एउटै कुरा बोल्दै छ नाकाबन्दी अपराध थियो मिष्टर मोदी । यो त टे«न्डीङमै नम्बर वान छ । ब्लकेड वाज क्राइम मिस्टर मोदी ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार