आफैलाई गोली हान्न लगाएको आरोपमा अनुसन्धनका लागी प्रहरी हिरासतमा रहेका आचार्य श्रीनिवासले सोमबारदेखी प्रहरी हिरासतमै निराहार अनसन शुरु गरेका छन ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख अरुणकुमार बिसीले आचार्यलाई पक्राउ गरेर ल्याएदेखि केही नखाएर निराहार बसेको बताए । उनलाई जिल्ला प्रहरी कार्यालयमा नै सलाईन पानी चढाएर राखिएको छ ।
समाजसेवी तथा समालोचक दधिराज सुवेदीले धार्मिक सदभाव बिथोलेर आफ्ना स्वार्थपूर्ति गर्नेहरुको यो खेल र षडयन्त्रले मुलुक ठूलो दुर्घटना हुनबाट जोगिएको बताए । उनले अब आचार्यले निराहारलगायत जस्तोसुकै नाटक गरे पनि नेपाली समाजमा कुनै असर नपर्ने बताए ।
‘यस्ता घटनाहरु सिनेमामा हेर्ने गरेका थियौ तर आचार्यले हामीलाई सामाजिक जीवनमा नै देखाई दिए,’ ‘यो अत्यन्तै संवेदनशील विषय हो र यो मुर्खतापूर्ण कार्य भएको सनातन हिन्दु राष्ट्र जागरण अभियान मोरङका अध्यक्ष तिलक रिजालले बताएका छन ।
राप्रपाका अध्यक्ष कमल थापाले पनि ट्वीटरमा आचार्य श्रीनिवासले गरेको कार्य अत्यन्तै निन्दनीय भएको बताएका छन ।