भूकम्पको कडा झट्का महसूस

बुधवार भारतको राजधानी दिल्ली र अर्को राज्य काश्मीर भूकम्पको कडा झट्का महसूस भएको छ।

अफगानिस्तान – तजाकिस्तान – पाकिस्तानमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको कारण भारतका उत्तरी राज्यमा पनि असर परेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार दिउँसो ३ बजेर ४ मिनेटमा पृथ्वीको सतहभन्दा ९७ किलोमिटर तल भूकम्प गएको हो । तर यो भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

अर्कातिर दिल्लीमा दिउँसो अचानक मौसम बद्लिँदै बादलले ढाकेको छ । हरियाणामा कयौँ जिल्लामा तीब्र गतिको हावा चलेको छ ।

मौसम विभागले दिल्ली र उत्तर भारतमा आँधी आउने चेतावनी दिएको छ । यसका अलावा उत्तराखण्डमा चारधाम यात्रा एक दिनपछि सुरु भएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार