श्रीदेविको निधनपछि पहिलोपटक सोनम कपुरको बिहेमा एकसाथ देखिए सबै परिवार

सोनम कपुर र आनन्द आहुजाको बिहे भईसकेको छ।अघिल्लो बर्ष भएको क्रिकेटर विराट कोहली र अनुष्का शर्माको बिहेको चर्चा सेलाउन नपाउदै सोनम कपुरको बिहेले बलिउडमा फेरी अर्को रौनक थपिदिएको छ।


बलिउडका थुप्रै चर्चित हस्तीहरु सोनमको बिहेमा उपस्थित भएका थिए।चर्चित अभिनेता अनिल कपुरको छोरी र सोनम आफै बलिउडमा सफल हिरोइन भएको हुँदा बलिउडका सबैजसो कलाकारहरुको उपस्थिती रहेको थियो।

मुम्बईस्थित लिला होटलमा भएको ‘रिसेप्सन पार्टी’मा अमिताभ बच्चन,शाहरुख,सलमान,रानी मुखर्जी,सिल्पा सेट्टि,ऐश्वर्या राय लगायत थुप्रै कलाकारहरु रमाइलोमा झुमेका थिए।

छोरीको बिहेमा ६१ बर्षीय बाबु अनिल कपुर सबैभन्दा धेरै व्यस्त रहेका थिए र उनी खुब नाचे।

श्रीदेवीको निधनपछि पहिलोपटक बोनी कपुर ,अर्जुन,कपुर,जाह्वी कपुर र उनकी बहिनी खुशी भएर एकसाथ देखिएका थिए त्यस्तै आलिया भट्ट र रणविर कपुरले सँगै फोटो मात्रै खिचाएनन् यी दुई अविवाहित अभिनेता-अभिनेत्रीले पनि खुब रमाईलो गरे।


सोनम कपुरकी सबैभन्दा मिल्ने साथी ज्याक्लिन फर्नान्डिस पनि निकै खुशी देखिन्थिन्।बिहेमा ज्याक्लिनले पनि दिल खोलेर नाचिन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार