गुगलले मंगलबार गुगल आई-ओ २०१८ मा आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलमा स्मार्ट कम्पोज नामको नयाँ फिचर लागू गर्ने घोषणा गरेको छ ।
नयाँ फिचरको साथमा जिमेलमा अब नयाँ इमेल कम्पोज गर्दा शब्द वा वाक्यको सुझावका लागि एआई ९आर्ट्फििशियल इन्टेलिजेन्स० र मेसिन लर्निङको प्रयोग गरिनेछ । जस्तै तपाईं मेल पठाउन टाइपिङ सुरु गर्दा तपाईंले सजेशन पाउन थाल्नुहुन्छ । स्मार्ट कम्पोज फिचर केही हप्ताभित्र सबै प्रयोगकर्ताका लागि रोल आउट गरिने बताइएको छ ।
गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइले क्यालिफोर्नियामा आयोजित कम्पनीको वार्षीक आइरओ डेभलपर कम्फरेन्समा जिमेलमा इमेल कम्पोज गर्नेबोला एआई इन्कर्पोरेशनको घोषणा गरे । स्मार्ट कम्पोजमार्फत प्रयोगकर्ताका लागि पहिलेको तुलनामा इमेल पठाउन र ड्राफ्ट गर्न थप सहज र तेज हुने उनले बताए । जिमेलले तपाईंको इमेलको विषयलाई कन्टेन्टको रुपमा लिनेछ । यदि तपाईंलाई कुनै सजेशन प्रयोग गर्न लायक छैन जस्तो लाग्छ भने ट्याब बटन दबाउन सक्नुहुन्छ ।
नयाँ जिमेल स्मार्ट कम्पोज फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले Settings > Try the new Gmail मा जानुपर्छ । त्यसपछि Settings > General and enable Experimental जानुपर्छ ।
स्मरण रहोस्, एक महिना अघि मात्र जिमेलको डेस्कटप र मोबाइल प्लेटफर्ममा ठूला परिवर्तन गरिएको थियो । यसमा एआई बेस्ड–फिचर्स जस्तै स्मार्ट रिप्लाई, इमेल स्नूजिंग र नजिंगजस्ता फिचर जारी गरिएका थिए ।