मानिसहरुको खाना खाने आ-आफ्नै बानी हुन्छ । त्यसबाहेक सम्बन्धित देश समाज र सस्कृति अनुसार खाना खाने तौरतरिका पनि फरक फरक हुन्छन । नेपालमा पनि विभिन्न फरक जातजाती भाषाभाषी र सस्कृतिका मानिसहरुले फरक फरक तरिकाले खाना खाने चलन छ । हेर्नुहोस् विश्वका विभिन्न देशमा चलेका अनौठा मान्यताहरु :
चीन – खाना खाने समय काँटालाई दाहिने हातले नै समाउनुपर्छ । देब्रे हातले समाउन अशिष्ट मानिन्छ ।
रूस – टेबलमा कुहिनो राख्नु र अर्काको थालमा हेर्नु पनि अशिष्टता मानिन्छ ।
फ्रान्स – मदिरामा बरफ हाल्नु नराम्रो, जबकि थालमा खाना छोड्नु विनम्रता मानिन्छ ।
तान्जानिया – खानाका लागि बोलाउँदा समयमा पुग्नु अशिष्टता मानिन्छ । भुइँमा बसेर खाँदा पैताला देखाउनु पनि अपमानजनक हो ।
कजाकस्तान – आधा कप चिया दिन्छन् । त्यहाँ पूरा कप चिया दिनु भनेको पाहुनालाई बिदा गर्नु हो ।
33