पाहुना प्रधानमन्त्रीलाई जुत्तामा खानेकुरा दिएपछि तनाव !


जेरुसेलम: जापानका प्रधानमन्त्री शिन्जो आबे हालै मात्र मध्यपूर्वको भ्रणमका क्रममा इजरायल पुगे । यस क्रममा २ मे मा उनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनलाई आफ्नो घरमा खानाका लागि निम्ता दिए ।

खानापछि जब मीठाईको कुरा आयो तब यो प्रक्रिया धेरै तनावयुक्त बन्न पुग्यो । समाचार अनुसार नेतन्याहूका सेफ सेगेव मोशेले धातुको जुत्तामा चक्लेट राखिदिए ।

यसबाट नेतन्याहू र अन्य सबैजना पनि चकित भए । जापानमा जुत्तालाई सबैले घृणित बस्तु मान्छन् । यहाँसम्म कि आफ्नो घर या कार्यालय भित्र पनि कहिले पनि जुत्ता लगाएर जाँदैनन् । यस घटनापछि विश्वभरबाट नेतन्याहूको आलोचना भइरहेको छ ।

यो ठट्टा हामीलाई मन परेन: जापानी राजदूत

‘जापानी प्रधानमन्‍त्रीलाई जुत्तामा मिठाई दिने निर्णय बेवकूफीयुक्त असंवेदनशील काम थियो’, एक इजरायली राजनीतिज्ञले भने, ‘जापानी संस्कृतिमा जुत्ता भन्दा फोहोरी बस्तु अरु मानिँदैन । यस्तोमा जुत्तामा खानेकुरा दिनु भनेको अपमानित गरे जस्तै थियो ।’

जापानी कुटनीतिज्ञले पनि भनेका छन्, ‘कुनै पनि संस्कृतिमा जुत्तालाई टेबलमा राखिँदैन । सेफ मोशेले के सोचेर यस्तो गरे ? यदि यो मजाकका लागि थियो भने हामीलाई यो ठट्टा विल्कुलै मन परेन । हामी हाम‍्रा प्रधानमन्त्रीलाई गरेको व्यवहारले रिसाएका छौँ ।’

विश्वमा चलेका अनौठा मान्यता

चीन- खाना खाने समय काँटालाई दाहिने हातले नै समाउनुपर्छ । देब्रे हातले समाउन अशिष्ट मानिन्छ ।

रूस- टेबलमा कुहिनो राख्नु र अर्काको थालमा हेर्नु पनि अशिष्टता मानिन्छ ।

फ्रान्स- मदिरामा बरफ हाल्नु नराम्रो, जबकि थालमा खाना छोड्नु विनम्रता मानिन्छ ।

तान्जानिया- खानाका लागि बोलाउँदा समयमा पुग्नु अशिष्टता मानिन्छ । भुइँमा बसेर खाँदा पैताला देखाउनु पनि अपमानजनक हो ।

कजाकस्तान- आधा कप चिया दिन्छन् । त्यहाँ पूरा कप चिया दिनु भनेको पाहुनालाई बिदा गर्नु हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार