बोक्रासहित आलुको दैनिक सेवन गर्नाका फाइदाहरु

आलुु शब्दको अर्थलाई नेपाली शब्दसागरमा अन्न, तिउन, तरकारी र अचारमा मिलेर वा सट्टामा भोजन बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचकु भनेर उल्लेख गरिएको पाइन्छ।

नेपालीमा खासै राम्रो अर्थ दिँदैन आलु खानेु भन्ने शब्दले। आलु खाइस् भनेर कसैले भन्यो भने अपमानजनक मानिन्छ। नेपालमा हरेक वर्ष गोबर्द्धन पूजाको दिन आलु कवि महोत्सव मनाइने गरिन्छ। सहभागी कविले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरूप कविता वाचन गरेर आलु कवि महोत्सवु मनाउँदै आइरहेको धेरै वर्ष भइसकेको छ।

आलुलाई भिटामिन सीको महत्वपूर्ण श्रोत मानिन्छ र आधुनिक पोषण पद्धतिमा भिटामिन सीलाई रोग निरोधक मानिएको छ्र।स्पेनका अनुसन्धानकर्ताका अनुसार जो व्यक्तिले दैनिक आलु खान्छन् उनीहरूमा रोगसँग भिड्ने सामथ्र्य बढ्छ। आलुलाई अनाजमा पूरक आहारको स्थान प्राप्त छ।

छातीको क्यान्सर रोक्नका लागि आलुको सेवनले फाइदा पुर्‍याएको कुरा आफ्नो अनुसन्धानको तथ्यलाई पुष्टि गर्दै हालैको ब्रिटिस जर्नल अफ क्यान्सर नामक शोधमूलक पत्रिकामा प्रकाशित गरेका छन्। ।वैज्ञानिकका अनुसार आलुको छोक्रा हटाएपछि त्योसँगै केही पोषकतìवसमेत बाहिर गइहाल्छ।

आलुलाई उमालेपछि बाँकी रहेको पानीमा भिटामिन रहने भएकाले त्यो पानीलाई फ्याँक्नुको सट्टा तरकारी वा दालमा मिसाएर खानुपर्ने सल्लाह दिन्छन्। आलु खाइरहे रक्तवाहिनीहरू धेरै उमेर सम्म लचिलो बनिरहन्छन् । स्पेनका अनुसन्धानकर्ताहरूको अनुसार, आलु खाने व्यक्तिहरू रोगव्याधिसँग भिड्ने सहयाेग गर्छ । आलुको बोक्रा ताछ्दा पोषक तत्व बाहिरने वैज्ञानिकहरूका बताउछ् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार