जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपुरमा बनाइएको स्वागतद्वार र मञ्च भत्किएको छ । बुधबार विहान वर्षासँगै आएको हावाहुरीले स्वागतद्वार भत्काएको हो ।
भारतीय प्रधानमन्त्री मोदीका लागि अभिनन्दन गर्न निर्माण गरिएको मञ्च तथा पण्डालमा समेत हावाहुरीले क्षति पु¥याएको छ । जनकपुरधाम उपमहानगरपालिकाले स्वागतद्वार र मञ्च बनाउने कामलाई तीव्रता दिएको छ । मेयर लालकिशोर साहले स्वागतद्वार र मञ्च पुनः निर्माण गर्न समय नलाग्ने जानकारी दिनुभएको छ ।
मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । जानकी मन्दिर देखि बाह्र विघा मैदान सम्मको सडक खण्डमा समेत हिलाम्य बनेको छ । पण्डाल निर्माणका लागि ल्याइएको सामग्री बचाउन खोज्दा केही मजदुर सामान्य घाइते भएका छन् । दुई साता यता मोदीको स्वागतकालागि २४ घण्टा मजदुर परिचालन गरेर रंगभूमि मैदान सरसफाइ, रंगरोगन, पण्डाल निर्माण भइरहेको छ । भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते विहान ९ बजे भारत विहारको पटनाबाट सिधा जनकपुर आउने कार्यक्रम छ ।
जनकपुरमा मोदीको स्वगतका लागि बनाइएको स्वागतद्वार र मञ्च हावाहुरीबाट क्षतिग्रस्त तस्बिर