जनकपुर । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपाल भ्रमण्मा आउने भएपछि सरकारले मोदीको स्वगतका लागि तिव्र रुपमा तयारी थालेको छ । मोदी यहि वैशाख २८ र २९ नेपाल भ्रमणमा आउने तय भएको छ । मोदी काठमाडौँ नआई सिधै जनकपुरमा आउने छन् त्यसपछि मात्रै काठमाडौँ आउने छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा जनकपुर आउने भएपछि जनकपुरमा आश्चार्यजनक ढंगमा सरसफाइ र अस्थायी पूर्वाधार निमार्णको काम धमाधम भइरहेको छ ।
मोदीले पूजा पाठ गर्ने जानकी मन्दिर, उनलाई अभिनन्दन गरिने बाह्रबिघा स्थित मैदान, यो बिचमा पर्ने जनकपुर अञ्चल अस्पताल लगायत जनकपुरका सबै जसो ठाउँमा मुख्यमन्त्री, मन्त्री, सांसद देखि मेयर आफैँ सहभागी भएर धमाधम सरसफाइ गर्दै छन् ।
जनकपुर अञ्चल अस्पताल १० वर्षदेखि फोहोरका कारण दुर्गन्धीत अवस्थामा थियो । तर यसको उचित सरसफाइका लागि कसैको आँखा खुलेको थिएन । यो अवधिमा न स्थानीय नगरपालिका गम्भीर भयो न प्रशासन । तर भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि अहिले एका एक रूप फेर्न लागिएको छ ।