पर्यटन प्रबर्द्धनका लागि पत्रकार बानियाँको नेपाल साईकल यात्रा

– कमल खड्का

पर्यटन प्रबर्द्धनका लागि साइकल यात्रा भन्दै बराहक्षेत्र नगरपालिका पाँच बस्ने पत्रकार ओम प्रकाश बानियाँ प्रदेश नम्बर १ को धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार तथा प्रबर्द्धनका लागि नेपाल साइकल यात्रामा निस्केका छन।

बराहक्षेत्र नगरपालिकाको कार्यलयमा आयोजित नेपाल साइकल यात्रा शुभारम्भ कार्यक्रमबाट उनले आफ्नो यात्रा सुरु गरेका हुन । उक्त शुभराम्भ कार्यक्रममा बराहक्षेत्र न:पा: वडा न:५ का अध्यक्ष राजु अधिकारि सभापति, बराहक्षेत्र न:पा:कि उपमेयर कमला मगर प्रमुख अतिथि, बराहक्षेत्र न:पा:का कार्यकारी अधिकृत अच्युत प्रसाद दाहाल, वडा न. ८ का अध्यक्ष फणीन्द्र प्रसाद भट्टराई, वडा न: ७ का अध्यक्ष वीर बहादुर लिम्बू,सुनसरी जिल्ला पारालिगल अध्यक्ष बिना खनाल विशिष्ट अतिथि तथा वडा सदस्यहरु, स्थानीय पत्रकार, बुद्धिजीवीहरु अतिथिको रूपमा रहेका थिए ।

शुभकामना दिदै प्रमुख अतिथि बराहक्षेत्र न:पा: कि उपमेयर कमला मगरले उनले गर्न लागेको कामको प्रसङ्सा गर्दै उनको यो काम साहसी भएको र यसले सिङ्गो नगर र प्रदेशकै नाम रहने बताइन् । उक्त कार्यक्रममा बोल्दै साइकल यात्री बानियाँले आफुले नेपालकै पहिलो विश्व साइकल यात्री पुष्कर साहको जिबनीबाट प्रेरणा पाएको र प्रदेश न: १ को धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार तथा प्रबर्द्धन गर्ने उदेश्यले आफू साइकल यात्रामा निस्केको बताए। उनले पहिले आफ्नो प्रदेश एक नम्बर प्रदेशको भ्रमण गर्ने र त्यस पस्चात नेपालको सबै प्रदेशको भ्रमण छ महिना भित्र गरेर आफू पुन विश्व साइकल यात्रामा निस्कने बताए ।

उनलाई अतिथि, बुद्धिजीवीहरु र कार्यक्रममा उपस्थित सम्पुर्णले शुभकामना दिदै बिदाई गरे।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार