मोदी बस्ने ह्यातको ढोका सम्म पिच- त्यसपछि खाल्डै खाल्डो, ठेकेदार नेता भएपछि सडकको बिजोक ! (भिडियोसहित)

नुवाकोट । निर्माण कम्पनीको लापरवाहीका कारण नुवाकोटको ओखर पौवा कोल्पु सडक र मनकामना फिकुरे भाल्चे सडकको स्तर बृद्धिको काम अलपत्र परेको छ ।
सडक डिभिजन कार्यालय नुवाकोटबाट मनकामना फिकुरे भाल्चेसम्मको २० किलोमिटर सडक खण्डको स्तरबृद्धि गरी कालोपत्रे गर्नुपर्ने भएपनि अहिलेसम्म सडकको अवस्था यस्तो छ ।

निमार्ण कम्पनी आशिष लोहनी सुुर्यचन्द्र जेभीले १९ करोड ४६ लाखमा गत असारसम्म निर्माण सम्पन्न गर्ने गरी २०७२ सालमा जिम्मा लिएको थियो । तर म्याद सकिएपनि सडकको काम भने जस्ताको त्यस्तै छ । म्याद थप गर्नका लागि अहिले दैनिक २÷३ जना मजदुर मात्रै निर्माण स्थलमा देखिन्छन् ।

सडक डिभिजनबाट ४ करोड बजेट भने निकासा भैसकेको छ । यस्तै ओखर पौवा कोल्पु कुमरी नमुना जोड्ने १७ किलोमिटर सडकको अवस्था पनि उस्तै छ । सोही निमार्ण कम्पनीले जिम्मा पाएको यो सडकमा पनि काम बल्ल २० प्रतिशत मात्रै भएको छ तर बजेट भने ४० प्रतिशत अर्थात ७ करोड निकाशा भैसकेको छ ।

निमार्णसम्मपनका लागि तोकीएको समय सकिन २ महिना मात्रै बाँकी रहँदा निमार्ण कम्पनीले पछि गर्ने भन्दै बसेका छन् । स्थानीय जनप्रतिनिधिसमेत समयमै सडक निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दा गर्दा दिक्क भसके ।

जनप्रतिनिधि मात्रै होइन सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले समेत ठेकेदारलाई आँफुहरुले काम लगाउन नसकेको गुनासो गर्छन ।

निमार्ण व्यवसायी जनार्दन ढकाल एमालेबाट २०७० सालमा संविधानसभाका सदस्य थिए । सांसद समेत बनिसकेका ढकाल राजनीतिको आडमा पुर्वाधार निर्माणको जिम्मा लिने र अलपत्र छोड्ने गरेको स्थानीय बासिकोे गुनासो छ ।

वर्षौदेखि नबनेको सडकमा मोदी हिड्ने भएपछि रातारात आश्चार्यजनक परिर्वतन !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएपछि धनुषाको जनकपुर, काठमाडौंमा उनि जाने ठाउँहरुरु र मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आश्चार्यजनक परिर्वतन भैरहेका छन् ।

स्थानीयले आन्दोलन गर्दा समेत नपुरीएका सडक खाडलमा अहिले रातारात कालोपत्रे गरिएको छ । वर्षौदेखि नउठेको फोहोर सफा गरेर एक दिनमा चिरिच्याट पारिएको छ ।

कति सम्म भने बर्षैदेखि बर्गिएको चावहिल जोरपाटी सडकमा रातारात कालोपत्रे गररिएको छ । मोदी चुच्चेपाटीको ह्यात होटलमा बस्ने भएपछि यो सडक राता राता कालोपत्रे गरिएको छ । तर त्यही ह्यात अघि जोरपाटी जानेबाटोमा भने खल्डा उस्तै छन् । स्थानियहरु पानि छ्यापिरहेका छन् ।

चावहिल चोकबाट सडक कालोपत्र गर्न थालिएको स्थानियहरु खुशी भएका थिए । तर त्योबाट होटल ह्यात सम्म मात्र पुग्यो । कति सम्म भने सडक छेउ छाउको ढल व्यवस्थित नगरी कालोपत्रे गरिएको छ ।

जनताले तिरेको करको पैसा यसरी रातारात सडकमा खन्याएर बनाईएको कालोपत्रे कति दिन टिक्छ त्यसको जवाफ कसले दिने ?

सरकारी अस्पताल भित्रका क्लिनिक नाम मात्रका, डाक्टरले सिफारीस गर्ने औषधि नै पाइदैन !

कृष्णा पाण्डे,
लुम्बिनी । सरकारले सरकारी अस्पतालहरुमा अस्पतालको आफ्नै फार्मेसी हुनु पर्ने नियम बनाएसँगै बुटवल स्थीत लुम्बिनी अञ्चल अस्पतालमा पनि फार्मेसी सञ्चालनमा आयो । तर अस्पतालको फार्मेसीमा डाक्टरले सिफारीस गर्ने औषधि नै पाइदैन ।

यसको फाइदा अस्पताल परीसरमै रहेको अर्को नीजि फार्मेसीले उठाइरहको छ । बिरामीले अस्पतालको फार्मेसीमा सर्वसुलभ मुल्यमा पाइने औषधि नीजि फार्मेसीमा महंगो मुल्य तिरेर किन्न बाध्य छन् ।

त्यसमा पनि अस्पतालको फार्मेसी कार्यालय समयमा मात्र खोलिन्छ । अस्पतालको फार्मेसी अघि पार्कीङ बनेको छ तर बिरामीका आफ्नतहरु भने निजी फार्मेसीमा लाइनमा लागेर औषधि किन्न बाध्य छन् ।

बहिरका क्लिनिक सञ्चालहरुले अस्पतालका कर्मचारीहरुलाई पैसा दिने गरेका कारण अस्पताल भित्रको फार्मेसीमा औषधि नराखेको स्थानियहरुका आरोप छ ।

रोजगारीको लागि साउदी पुगेका २६ जना नेपाली सडकमा रात कटाउँदै, नेपाल फर्काइदिन आग्रह

वैदेशीक रोजगारीमा साउदी अरेबियामा पुगेका २६ जना नेपाली युवाहरु कम्पनीले कामबाट निकालीदिएपछी अहिले सडकमा रात काटिरहेका छन् ।


काठमाडौंको मोन्टेज ओभरसिसबाट होटलको कामको लागि जनही ९० हजारदेखि १ लाखसम्म तिरेर साउदी अरेबिया पुगेका उनिहरुलाई त्यहाँ कन्ट्रक्शनको काममा हालेपछि उनिहरुले काम छोडेर नेपाल फर्काइदिन आग्रह गरेका छन् ।

तर मेनपावरले भने अर्को काम लगादिने भन्दै टारेको छ । तर उनिहरु नेपाल फर्किन खोजिरहेका छन् । दुर्गा राजवंशी, मिलन राजवंशी लगाएतका अलत्रप २६ जना युवाहरुले हामीलाई यो भिडियो पठाएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार