सरकारी सम्पत्तिमा ब्रम्हलुट, गाेकर्ण रिसोर्टको गैरकानुनी धन्दा


सार्बजनिक पैनीको जग्गा मिचेर रिसोर्ट सञ्चालन गरी सरकारी सम्पत्तिमा हालिमुहाली गरिरहेका एक रिसोर्ट सञ्चालकको दादागीरिका कारण सिंगो बस्ती नै जोखिममा परेको छ ।

मोरङको सुन्दरहरैचा ४ मा सञ्चालित गोकर्ण रिसोर्टले स्थानीय भलुवा पैनीलाई नै मिचेर भौतिक संरचनाहरु निर्माण गरी सञ्चालन गरिरहेको छ । पैनीको पूर्व र पश्चिमतर्फ रहेको १ विगाहा भन्दा बढी जग्गामा सञ्चालित रिसोर्टले बिचमा पर्ने खोलाको झण्डै ५० मिटर क्षेत्रमा आफुखुसी विभिन्न भौतिक संरचना निर्माण गरेको पाईएको छ ।

रिसोर्टको जग्गा भएको ठाऊँमा पैनीलाई मिचेर माथिबाट पुरै ढाकिएको देख्न सकिन्छ । साथै खोलाकै बीचमा हात्तीको मूर्ति लगायतका संरचना समेत निर्माण गरीएको छ । २० फिटको पैनीलाई मिचेर रिसोर्टले १० फुटमा सिमित गरेको छ । हरेक बर्ष बर्षायाममा आउने बाढीले आसपासका क्षेत्रमा डुबान भईरहेको छ । भएका नालाहरु यसरी थुनिएपछि बाढी र डुबानको मार खेप्नुपरेको स्थानीय बताउँछन । यसरी नाला मिचेर भौतिक संरचना निर्माण गर्न सञ्चालकहरुलाई नगरपालिकाले कसरी अनुमति दियो ? उनीहरु प्रश्न गर्छन । रिसोर्ट सञ्चालन गरेर पर्यटक भित्रयाउनु मात्र ठुलो कुरा नभएको र यस्ले पुर्याएको दिर्घकालीन हानीलाई हेर्न समेत उनीहरु आग्रह गर्छन ।

बिना अनुमति भवन
रिसोर्टले नगरपालिकामा २ वटा भवनको स्वीकृति लिएपनि ३ वटा ठूला भवन निर्माण गरिएको छ । रिसोर्टले रेष्टुरेन्ट र लज सञ्चालन गरेको दुई वटा भवनका लागि अनुमति लिएको भएपनि अर्को एउटा निर्माणाधिन भवन र अन्य साना भवनको अनुमति समेत लिएको छैन । अनुमति लिएका भवन निर्माण भईसकिएपनि पास भइनसकेको नगरपालिकाका एक इञ्जिनियरले जानकारी दिएका छन । पैनी मिचिएको बिषयमा रिसोर्टका सञ्चालक रमेश आचार्य सँग पटक पटक सम्पर्क गर्न खोज्दा समेत उनी सँग सम्पर्क हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार