बालुवाटारमा पूर्वप्रधानमन्त्रीहरुबीच रमाइलो छलफल


सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न वर्तमान प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको छ । । नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा अनुरुप मंगलबार बालुवाटारमा आफ्नो नीति तथा कार्यक्रमको तयारीमा लागिरहेको ओली सरकारले पूर्वप्रधानमन्त्रीहरुसँग गरेका हुन् । छलफलमा वर्तमान प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीबीच रमाइलो कुराकानी भएको स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ओलीले के हो अहिलेसम्म पनि योङ देखिनुभएको छ नि ? भनेर सोधेका थिए । तर ओलीको प्रश्नमा देउवा अनुत्तरित बने । उनले खासै वास्ता गरेन ।
ओलीले बडो रोमान्टिक हुँदै यसरी देउवालाई यतिका उमेरमा पनि अझै ईभरग्रिन योङ देखिनुको राज सोधेपछि देउवाको सट्टा प्रचण्डले जवाफ दिएका थिए ।
प्रचण्डले देउवा हेल्थप्रति निकै कन्सियस रहेको बताउँदै अझै झन योङ देखिनसक्ने बताए । प्रचण्डले त्यति बोलेपछि अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकेन्द्रबहादुर चन्दलाई देखाउँदै यतिका उमेरमा पनि तपाई पो सबैभन्दा धेरै योङ देखिनुभएको छ त ? भनेर खुलेरै प्रशंसा गरे ।
पूर्वप्रधानमन्त्री चन्दलेपनि बाबुरामलाई ०५९ साल चैत्र १९ गते रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा नयाँ बानेश्वरमा बाबुरामसँग हात मिलाएको प्रसँग कोट्याएका थिए । हलमा एकछिन हाँसो छाएको थियो । बाबुरामलेपनि त्यतिवेला आफूहरुवीच भेट गराएर तरँग पैदा गरिदिएको स्मरण गराए ।
सरकारले आर्थिक वर्ष २०७५र७६ का लागि जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार