“म सम्झिन्छु आमा “

आलरामको ख्यालै नराखि ,
जब म बिहान अबेर सम्म बिस्तारामै हुन्छु

हो !त्यति खेर सम्झिन्छु

सन्तोष लामिछाने

मोबाईल मै भुलेर खाना नपकाउदा,
जब म भोकले अतालियको पेट निचोरछु
हो ! त्यति खेर सम्झिन्छु

अरु कसैले घरको गेट बजाउदा,
जब म आख तन्कायर हजुरलाई खोज्छु
हो ! त्यति खेर सम्झिन्छु

जिवनका भोगाई सम्झिन्छु घण्टौसम्म,
जब म टोलाउदा के भयो ? भन्ने कोहिहुदैन
हो ! त्यति खेर सम्झिन्छु

छिमेकीका भान्छामा भाडा बज्दैगर्दा,
जब म आफ्नो अन्धकार भान्छाकोठीमा हेर्छु
हो !त्यति खेर सम्झिन्छु

दैनिक सास फेर्न सहज हुदाहुदै पनि,
जब म सपनिमा हजुरको कोखिल्लामा रुन्छु
हो ! त्यति खेर सम्झिन्छु

@सन्तोष लामिछाने

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार