नेपालीलाई नाकावन्दी लगाएर यातना दिएका मोदी अरुण तेस्रो लैजान नेपाल आउने हुन् : केसी

अबको केहिदिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउदैछन्।मोदीको नेपाल भ्रमणलाई लिएर विरोधका स्वरहरु सामाजिक संजालमा पोखिइरहेका छन्।अझ मोदीलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कुरा सार्वजानिक भएपछि मोदी सरकारले नेपालमा लगाएको अमानविय नाकावन्दी विर्सेका छैनौ भन्दै विभिन्न राजनीतिक दलका नेताहरु र आम जनताहरु आक्रोसित भएका छन्।

सगरमाथा टेलिभिजनको कार्यक्रम सगरमाथा विशेषमा कुराकानी गर्दै जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले भने-‘नेपालमा आएको विनाशकारी भूकम्पका कारण हजारौं नेपालीहरुको मृत्यु हुनुको साथैं थुप्रै घाईते र घरबारबिहिन भए।त्यस्तो भूकम्पले थिलोथिलो पारेर खुला आकासमुनि बसेका नेपालीमाथी नेपालले आफ्नो संविधान आफैले बनाए बापत भारतले काटेको घाउमा जुन नुनचुक लगायो त्यो नुनचुक लगाउने स्वयं मोदी नै हुन्। मोदीले नेपालका पृथकतावादीलाई अगाडि सारेर नेपाली जनतामाथी आपतविपतमा गर्नै नहुने जघन्य अपराध गरेका हुन्।’

अमानविय नाकावन्दी लगाएका मोदीले नेपालीसँग कहिल्यै माफी मागेनन्।भारतले नेपालमाथी गर्ने हस्तक्षेप,थिचोमिचो अझैं पनि कम भएको छैन। नेपाली शासकहरु दिल्ली गए भने र उनीहरु नेपाल भ्रमणमा आउदा लिने र लैजाने मात्रै हुन्।भारतले कोशी,महाकाली,गण्डकी,अपर कर्णाली लगेका केसीले बताए।

केसी अगाडी भन्छन् -‘यसपालीको मोदीको नेपाल भ्रमणको उद्धेश्य अरुण तेस्रो लैजानु हो।नेपाल भारतको सम्बन्ध बढाउन आउन लागेका होइनन्, उनले नेपालीहरुलाई नाकावन्दी लगाएर दिएका यातनामा अझैँ माफी समेत मागेका छैनन्।’

अमेरिकी साम्राज्यवादसँग क्युवा जस्तो सानो राष्ट्रले डटेर देशको स्वाभिमानमाथी आँच आउन दिएन।तर हाम्रो देशमा चाँहि सबैकुरा नेपाली जनतालाई पिडा बोकाएर भएपनि,राष्ट्रलाई जतिसुकै अपमान सहन लगाएर भएपनी सत्ता सुरक्षित गर्न खोज्ने शासकका कारण बाह्य शक्ति नेपालीमाथी खेल्ने र उनीहरुले हेप्ने केसीको भनाई छ।

प्रधानमन्त्री ओली यसपाली भारत भ्रमणमा जानु आवश्यक थिएन। नेपालमा प्रधानमन्त्री हुने बित्तिकै भारतमा ओहदाको प्रमणपत्र बुझाउन जाने चलनको निरन्तरता हो ओलीको भारत भ्रमण।ओलीको राष्ट्रवादमा धमिरा लाग्दै गरेको आरोप केसीले लगाए।

हेर्नुहोस् केसीसँगको कुराकानी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार