यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकका तीन निर्णय

काठमाडौँः सरकारले विदेशी कम्पनीहरुले कामदार माग्दा सम्बन्धित देशमा रहेका नेपाली नियोगबाट अनिवार्य प्रमाणिकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।


सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विदेशी कम्पनीहरुले रोजगारीका लागि नेपाली कामदार लैजानुअघि पठाउने मागपत्रलाई सम्बन्धित देशका नेपाली नियोगबाट अनिवार्य प्रमाणिकरण गराउनुपर्ने व्यवस्थालाई स्वीकृत गरेको हो ।

‘विदेशी रोजगारदाता कम्पनीले नेपालका श्रमिक माग्दा कुन कम्पनीले कसरी मागेको हो ? ती देशमा रहेका हाम्रा राजदूतावास वा अन्य नियोगबाट प्रमाणिकरण गरेर आउनुपर्ने व्यवस्था गरिएको छ’, बैठकपछि सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बासकोटाले भने, ‘यसले वैदेशिक रोजगारीमा देखिएका समस्या कम हुने विश्वास गरेका छौँ ।’

मन्त्रिपरिषदको बैठकले भारतीय प्रधानमनत्रीको यही वैशाख २८ र २९ गते हुने भ्रमण कार्यक्रमलाई पनि स्वीकृत गर्ने निर्णय गरेको बासकोटाले जानकारी दिए ।

त्यसैगरी कारागारसम्बनधी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न स्वीकृत प्रदान गर्ने अर्को निर्णय पनि बैठकले गरेको बासकोटाले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार