लण्डन । बेलायतमा बिहिबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका थिए ।
लण्डनको बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार बनेका हुन्। गुरुङले ३००७ मत प्राप्त गरे । सोही वार्डमा सबै कन्जरभेटिभ पार्टीले विजयी हासिल गरेको छ ।
नेपालमा पुख्र्यौली घर कास्कीका गुरुङ १३ वर्षदेखि बेलायत बस्दै आएका छन्। बेलायतको बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष समेत रहेका उनी गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको पूर्व उपसंयोजक हुन्। उनलाई केही समय अघि मात्रै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रय समन्वय परिषदले गोर्खा सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको थियो।
विजयी भए लगतै लन्डन नेपाल न्युज डटकमका प्रधान सम्पादक शिब भण्डारी संग टेलिफोनमा कुरागर्दै भूपू गोर्खाजको बिषय सहित,नेपाली समाजका लागि कम्युनिटीहल उपलब्ध गराउने, नेपाली बालबालिकालाई निशुल्क नेपाली पढाउने र बृद्धहरुलाई अंग्रेजी कक्षाको व्यवस्थापन गर्ने योजना छ गुरुङले भने, ‘मेरो क्षेत्रमा करीब ६ सय नेपाली बस्छन्, नेपाली दाजुभाई दिदीबहिनीहरुबाट राम्रो सहयोग पाए खुसि छु उनले भने ।’
बेलायती प्रधानमन्त्री टेरिजा मे समेत गत महिना गुरुङको चुनावी अभियानमा सामेल भएकी थिइन्। चुनावी प्रचार प्रसारका क्रममा प्रधानमन्त्री मेले गुरुङलाई विजयका लागि शुभकामना समेत दिएकी थिइन्।
यसै सन्दर्भमा तमुधि लन्डन इकाईले सोमबार साझ गुरुङलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ ।
हेर्नुहोस् पुरा भिडियो
https://www.facebook.com/londonnepalnews/videos/1622734741178381/