आमा श्रीदेवीको साडी लगाएर उनकै अवार्ड ग्रहण गर्न पुगिन् छोरी जान्ह्वी


बिहिबार नयाँ दिल्लीको विज्ञान भवनमा ६५ औं नेशनल अवार्ड प्रदान गरियो ।

श्रीदेवीलाई मरणोपरान्त दिइएको उत्कृष्ट नायिकाको अवार्ड ग्रहण गर्न उनका पति बोनी कपुर, दुबै छोरी जान्ह्वी र खुसी पुगे । श्रीदेवीले उक्त अवार्ड उनको अन्तिम फिल्म ‘मम’ का लागि पाएकी थिइन् । उक्त अवसरमा जान्ह्वीले आमा श्रीदेवीको साडी लगाएकी थिइन् ।

श्रीदेवीले त्यही साडी सन् २०१२ को जूनमा साउथ इन्डियन फिल्मका सुपरस्टार रामचरणको विवाहमा लगाएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार