नेपाल सुन्दर मात्रै होइन,धार्मिक र सांस्कृतिक दृष्टिकोणले पनि धनी छ।नेपालमा थुप्रै प्रख्यात र चर्चित धार्मिक स्थलहरु छन्।
नेपालका पाँच चर्चित धार्मिक स्थल यस्ता छन्।
लुम्बिनी –शान्तिका अग्रदुत भगवान गौतम वुद्धको जन्मस्थल लुम्विनी हो। संसारभर रहेका करोडौं वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र हो लुम्विनी।लुम्बिनीमा वुद्ध धर्म मान्नेहरु मात्र नभई हिन्दु र अन्य धर्मका मानिसहरू पनि उत्तिकै आउने गर्छन्।यो स्थान सम्राट अशोकको स्मारक स्तम्भको लागी पनि प्रख्यात छ।
पशुपतिनाथ मन्दिर –युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत पशुपतिनाथको मन्दिर काठमाडौंमा रहेको छ।वाग्मती नदीको किनारमास्थित यो मन्दिर पनि संसारभर रहेका हिन्दु धर्म र यसमा आस्था राख्ने मानिसहरुको लागी प्रमुख तिर्थस्थल मध्ये एक हो।पशुपतिनाथ हिन्दुहरुको आठ मुख्य मन्दिर मध्ये एक हो।यो मन्दिर आफ्नो सौन्दर्य र वास्तुकलाको लागी समेत प्रख्यात छ।
मुक्तिनाथ मन्दिर-खास गरेर हिन्दु,बुद्ध र वैष्णव धर्ममा आस्था राख्ने मानिसहरु मुक्तिनाथ दर्शनको लागी जाने गर्छन्।समुन्द्र सतहदेखी ३७१० मीटरको उचाईमा रहेको यो मन्दिर हिमालपारिको जिल्ला मुस्तांगमा पर्छ।यहाँ भारत लगायत अन्य देशका मानिसहरू दर्शनको लागी आउने गर्छन्।
चाँगुनारायण मन्दिर –भक्तपुर जिल्लामा रहेको यो मन्दिर लिच्छविकालीन शासनकाल ईसापूर्व ३२३ मा निर्माण भएको हो।नेपालको प्रमुख तिर्थस्थल मध्येको एक प्राचिन र पुरातात्विक शिलास्तम्भ समेत रहेको चाँगुनारायण मन्दिरमा भगवान विष्णुको पूजा गरिन्छ।
जानकी मन्दिर –पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ ।