मनोज पुनको इन्काउन्टर गर्ने र ३३ किलो सुनको छानबिन गरिरहेका एसपीको भएन सरुवा


प्रहरी प्रधान कार्यालयले ७९ जना एसपीहरुको सरुवा गरेको छ।

एसपी किरण बज्राचार्यको ट्राफिक प्रहरी कार्यालय पथलैया बारा, मिरा चौधरीको जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भएको छ। कर्मचारी प्रशासन शाखामा रहेका एसपी रेवती ढकालको पर्सामा सरुवा भएको छ भने ओमबहादुर रानाको कास्कीमा सरुवा भएको छ।

उमा चर्तुबेदी सुर्खेत, किसनसिंह थापा डोटी, गोबिन्द थपलियाको धनुषामा सरुवा भएको छ।

त्यस्तै जयराज सापकोटकाको स्याङजा, चन्द्रकुबेर खापुङको कर्मचारी प्रशासन शाखा,विमल बस्नेतको गोरखा, माधब बहादुर श्रेष्ठको इलाम, रबिन्द्र केसीको रौतहट, रबिराज खड्काको काभ्रे, राजेन्द्र भट्टको नवलपरासी, रामेश्वर प्रसाद यादवको सिन्धुलीमा सरुवा भएको छ।

रुपन्देहीका एसपी श्यामलाल ज्ञवाली र मोरङका एसपी अरुण कुमार बिसीको भने सरुवा गरिएको छैन्। ज्ञवालीले मनोज पुनको एन्काउन्टर गर्नुको साथै उनको सहकर्मीहरु पक्राउ गरिरहेका छन्। बिसीले भने गायव भएको भनिएको ३३ किलो सुनको छानबिन गरिरहेका छन्।-सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार