नेपाली फिल्म क्षेत्रमा प्रायः फिल्महरुबाट नयाँ अनुहारको डेब्यु भैरहेको हुन्छ । यस्तै मिस नेपालहरु फिल्ममा डेब्यु गर्ने लहर पनि निकै छ । हाल यहि क्रमलाई निरन्तरता दिएकी छिन पुर्व मिस नेपाल निकिता चाण्डकले । फिल्म ‘रानिमहल’मा अनुबन्धित हुँदै उनले मिस नेपालको फिल्म डेब्युको क्रमलाई निरन्तरता दिएकी हुन् ।
उक्त फिल्ममा नायिका बर्षा सिवाकोटी रहने हल्ला चले संगै उनी फिल्ममा अनुबन्धित समेत भएकी थिइन् । तर पछिल्लो समय बर्षाले ‘रानिमहल’बाट हात झिके पछि निकिताको ईन्ट्री भएको हो । यता फिल्म ‘एश्वर्य’ बाट ह्याण्डसम भिलेनको ट्याग पाएका प्रशान्त ताम्राकारले पनि यो फिल्म ‘रानिमहल’बाट हात झिकेका छन् । उनी पनि यो फिल्ममा अनुबन्धित भैसकेका थिए । अब निर्माण युनिटले प्रशान्तको ठाउमा पुराना नायक अर्जुनजंग शाहीलाई अनुवन्धित गरेको छ ।
यसो त रानिमहलका लागि प्रदीप खड्कालाई २२ लाखको अफर भएको तर अस्विकार गरिएको खबर छ । यता यसै फिल्मका लागि एक नया अभिनेता संगै नायक पल शाहलाई पनि अफर गरिएको थियो, तर दुबैले अस्विकार गरे । अन्ततः २ नयाँ अनुहार यो फिल्ममा अनुबन्धित भए । अब यस्तो अवस्थामा निकितालाई भने निकै ठूलो चुनौती देखिन्छ । रानिमहललाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् भने प्रेम, अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने गरिदैछ ।
मिस नेपालले फिल्मलाईनमा डेब्यु हुने क्रमलाई हेर्ने हो भने नेपालको पहिलो मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशीसम्म छन् । तर फिल्म लाईनमा होमिएका उनिहरुले नायिकाको छबिलाई खासै चर्चित बनाउन भने सकेनन् । फिल्मी यात्रा भने खासै राम्रो हुन सकेन । यस्तैमा अब निकिताको फिल्म डेब्युले कस्तो यात्रा लिन्छ भन्ने सबैमा प्रतिक्षित बनेको छ ।