हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् । भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
मसालेदार खाना : विहानै ब्रेकफास्टमा धेरै पिरो वा धेरै खुर्सानी हालेको खाना खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर बन्ने खतरा पनि हुन्छ ।
सफ्ट ड्रिंक्स : सफ्ट ड्रिंक्स अर्थात कोल्ड ड्रिंक्स खाली पेटमा कहिल्यै खानु हुँदैन । यसले उच्च मात्रामा कार्बोनेट एसिड हुन जान्छ । यो पेटको एसिडमा मिलेर गम्भीर समस्या पैदा गर्छ । यसका साथै तपाईलाई ज्याष्टिक वा बान्ता हुने समस्या पनि झल्नुपर्छ ।
चिसो पेय पदार्थ : खाली पेट भुलेर पनि चिसो पेय पदार्थ खानु हुँदैन । जसलाई हामी कोल्ड बेवरेज भन्छौं । जस्तो, कोल्ड कफी वा कोल्ड ड्रिंक्स आदि पिउनु हुँदैन । यसले तपाईको पेटको त्यो झिल्ली नोक्सान गर्छ, जो पाचन क्रियामा मदत गर्छ । खाली पेट चिसो पेय पिउनाले पाचन प्रक्रिया ढिलो हुन्छ । यसको ठाउँमा तपाई तातो ‘ग्रीन टी’ वा हल्का तातो पानी पिएर आफ्नो दिनको सुरुवात गर्न सक्नुहुन्छ ।
अमिलो फल : खाली पेट अमिलो फल खानु हुँदैन । जस्तो, सुन्तला, कागती, अमला आदि खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बनाउँछ । यसले पाँचन तन्त्र ढिला ढिला बनाउँछ ।
कफी : खाली पेटमा कफी पिउनु पनि स्वास्थ्यका लागि हानिकारक छ । यसले तपाईलाई एसिडिटी हुन सक्छ । कफी हाइड्रोक्लोरिक एसिडकको स्राव रोक्छ । जसका कारण डायजेस्टवि सिस्टम चल्छ र ग्याष्ट्रिकको समस्या हुन्छ ।