मोरङ । साढे ३३ किलो सुनो सुन तस्करीको रहस्य नाटकीय मोडमा पुगेको छ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङमा बयान लिई रहेको छ ।
सुन तस्करीको पर्दा खोल्ने अभियुक्त टेकराज ठकुरीको बयान भने सकिसकेको छ । सुन काण्डकै कारण ज्यान गुमाउनु परेका सनम शाक्यको गर्लफ्रेण्ड भनेर चिनिएकी निशा सेन ठकुरी अहिले सुन तस्करीमा रोचक रूपमा जोडिएकी छन् ।
सनमकी गलफ्रेण्ड निशाले दिएको बयान यस्तो छ
मेरो २०७४ साल साउन महिना २८ गते म आई क्लबमा मोडलिङ गर्न गएका बेला पहिलो पटक सनम शाक्यसँग चिनजान भयो । निजसँग चिनजान हुँदाँ निज सनम शाक्यका साथी मोहनलगायत ४–५ जना थिए । सो दिन सनम शाक्यले मेरो फोन नम्बर मागेर लगेका थिए । त्यसपछि सनम र मेरो फोन तथा म्यासेजमामा कुरा हुन थाल्यो ।
हामी नजिक हुँदै गयौ, निजसँग नजिक भएकाले मैले तपाईँको घर कहाँ हो भनी सोध्दा मोरङको उर्लाबारी हो हाल काठमाडौँ हाडीगाउँमा डेरा गरी बस्छु भन्थे । म निजले मेरो कोठा जाऊँ भनेकोले म हाडीगाँउ पनि गएको थिएँ, सनम साथीहरूसँग बस्दा रहेछन् ।
कोठा भने थाहा पाएकी हुँ पछि त्यो कोठा भाडामा किन कसले लिएका रहेछन् भनी बुभ्दा गोरे भन्ने चुँडामणि उप्रेतीले निजसँग काम गर्ने मानिसहरूलाई राख्नका लागि उक्त घरको कोठा भाडामा लिएका रहेछन् । म सो कोठामा जाँदा कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, भविन राई, रुस्तम मिया समेतलाई देखेकी हुँ ।
सनमसँग घुम्न जाने क्रममा दसैँको २ दिन अगाडि म, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की र कृष्ण बस्नेत गई २ दिन जति धरानमा बस्यौ, घुम्ने क्रममा म सनमको गाउँ उर्लाबारीसम्म गएँ । तर, सनमको घरमा गइन् र दशैको टिकाको दिन मेरो आमाको जन्म दिन भएकाले म हवाईजहाजबाट काठमाडौँ आएँ । काठमाडौँ आएपछि ठमेलको होटेल बढीमा आमाको जन्मदिन मनायौँ त्यो पार्टीमा मेरो साथीहरू रोशन श्रेष्ठ, आकाश लामा दिदीको साथी रमेश श्रेष्ठलगायत अफिस स्टाफ तथा आमाका साथीहरू समेत थिए ।
मेरो फोनको वालपेपरमा मेरो र सनमको फोटो देखेपछि रमेश श्रेष्ठले यो मान्छेलाई चिन्छु भनेर भनेका थिए अनि मैले कसरी सनमलाई चिन्नु भयो भनी सोध्दा रमेशले म आफै पनि सनमहरुसँग काम गरेको तर, अहिले छाडेको कुरा भनेका हुन् ।
सनमको दाइ र सनमको दाइ भनिने गोरे भन्ने चुँडामणि उप्रेतीको काममा अरू केही काम नभई सुन तस्करीको काम हो भनी मैले रमेशले भनेकोले थाहा पाएकी हुँ । त्यसपछि मैले सनमलाई मन चोर्ने उद्देश्यले सोध्दा सनमले हो म सुन तस्करीको कारोबार गर्छु भनेको थियो । सनमले तलाई कसरी थाहा भयो भनी मलाई सोध्दा मैले रमेशले भनेको भनेकी हुँ ।
त्यसपछि सनमले मलाई अलि होस गरेर हिँड्नु भनेका थिए, सो घटनापछि हाडीगाउँस्थित सनम र अन्य साथीहरू बस्ने घरबाट सबै सामानहरू निकाली गोरे समेतले सो घर छाडेका थिए, सनम र म समेत दसैँमा धरान घुम्न गएको समयदेखि नै सनम काठमाडौँ आएका थिएनन् । प्रायः म नै सनमलाई भेट्न प्लेनबाटै बिराटनगर भेट्न जाने गर्दथे, सनम पूर्व रहेको बेला मैले उसलाई यो काम नगर्नु भनी सम्झाउँने गरेको थिएँ, तर सनमले मलाई यो काम छाड्न केही समय लाग्छ तत्काल छाड्न मिल्दैन भन्ने गरेका थिए ।
सनमले चुँडामणि उप्रेतीकै कुरा मान्ने गरेका थिए । मैले भनेको नमानेकाले मेरो र सनमको विवादद पनि भएको थियो । फेरि केही समयपछि सनम बिवाहित हो भनी मैले थाहा पाएपछि मैले सनमसँग कुनै सम्पर्क गरेको थिइनँ । सनमले नै मलाई सम्पर्क गर्न खोज्थ्यो । तर, मैले सनमको फोन पनि उठाउँदिन थिएँ । तर, पछि मेरो र सनमको वाट्स एपमा कुरा भयो । त्यसको केही समयपछि सनम भारतबाट दुवाई गएको कुरा मलाई सनमले भनेका थिए ।
त्यसपछि सनम क्रिस्मसको दिन डिसेम्बर २५ तारिख नेपाल आएका थिए । त्यो दिन मलाई भविन राई लिन आएकाले म र भविन सनमलाई लिन एयरपोर्ट गएका थियौँ । सो दिन हामीबिच भेटघाट भई कुराकानीपश्चात् सनम भोलिपल्ट बिराटनगर प्लेनमा गएका थिए । सनम बिराटनगर गएको भएता पनि सनमसँग मेरो कुराकानी भइरहन थाल्यो ।
सनम काठमाडौँ आयो । म उनलाई लिन एयरपोटमा गए । त्यसपछि हामी बागबजार आई होटेलमा बस्यौ । त्यो पटक सनम काठमाडौँ आएको कुरा कसैलाई थाहा थिएन, सोही राति १०–११ बजेबिचमा सनमको मोबाइलमा फोन आएको थियो, त्यो मानिसले सामान लुटियो भनी चुँडामणि उप्रेतीले भनेका थिए । त्यसपछि सनमलाई मोहनले फोन गरेकाले सनमले म काठमाडौँमा छु भनेका थिए । त्यसपछि मोहनलाई मात्र सनम काठमाडौँ आएको कुरा थाहा भएको थियो । भोलिपल्ट बिहान म कलेज गए सनम मोहनलाई भेट्न गएका थिए ।
सो दिन बेलुकी मलाई लिन भविन गाडी लिएर आएको थियो सो राति सनम र सनमका साथीहरू मोहन, भविन, टेकराज मल्ललगायतका तिलगंगा नजिक सुनौलो इन होटेलमा बसेको भएता पनि सनम बाहिरको खाना नखाने भएकाले म सनमलाई खाना लिएर गएको समयमा उल्लिखित साथीहरू थिए । म पनि सनमसँगै सो दिन सो होटेलमा पनि बसे । त्यसको २ दिनपछि गोरे भारतबाट नेपाल आएका छन् भनी मलाई सनमले भनेका थिए । गोरे नेपाल आएपछि सोही होटेलमा गोरे पनि बसी सो होटेलमा उसको अण्डरमा काम गर्ने कामदारहरूलाई गोरेले सुन लुटिएको विषयमा सोधपुछ गर्दै सुन लुटिने दिन भएका निजका कामदारहरूलाई कुटपिट गरेको कुरा सनमले मलाई भनेका थिए ।
सोधपुछकै क्रममा गोरेको डरले एक जना एयरपोर्टमा सानु वन भन्ने व्यक्तिले सुसाइड समेत गरेका थिए । त्यसपछि सनम समेत फ्रेबअरी ३ तारिखकमा गाडीमा पूर्व गएका थिए । पूर्व जानु अगाडि मैले मेरो नामबाट सनमलाई सिम निकाली दिए । सनम पूर्व गएपछि उसको र मेरो फोन पातलो हुन थाल्यो । सनमसँग सम्पर्क हुँदा म गोरे दाइसँगै छु भन्यो । मलाई कल नगर है म अब दाइसँग हुन्छु एक महिना लागे पनि आफै कल गर्छु भनेका थिए ।
बोल्दा पनि नर्मल तरिकाले बोल्नु है ल, मैले कल नगरुन्जेल जति लागे पनि कल चाहिँ नगर है ल, बुढी रिसाइस् होला । तर, अहिले कल चाहिँ नगर्नु ल भनी नम्बरमा म्यासेज गरेपछि मैले पनि कल गरिन् । मार्च १ तारिखका होलीको दिन मैले हेप्पी होली भनी म्यासेज पठाउनुको साथै मार्च २ मा फोन गर्दा फोन लागेको थियो । तर, कुरा भएन । फोन उठेन त्यसपछि फोन अफ भयो ।
त्यसको भोलिपल्ट प्रहरी आई मेरो लाजिम्पाटस्थित कोठामा खान तलासी लिए । ३३ किलो सुन कहाँ छ भनी सोधपुछ गरे । केही फेला नपरेपछि अपराध सोधपुछका लागि अपराध महाशाखा लगी मलाई सोधपुछ गर्ने क्रममा सनमको हत्या भइसकेको भन्ने कुरा मैले प्रहरीबाटै थाहा पाएकी हुँ ।
म प्रहरीमा गई सकेपछि मलाई बालकृष्ण सन्जेल सरले फोन गरी यो केसको इन्चाज हामी हो, टेन्सन नलिनु भन्नु भएको थियो । त्यसको एक हप्ता पछाडि निज सन्जेल सर र म दरवारमार्गमा भेट भएको थियो । सनमको मृत्यु भइसकेको कुरा थाहा पाएपछि मैले सनमको श्रीमतीलाई फोन गरी सनमको छोरी दिप्शालाई पढाई दिन्छु भनेकी थिएँ ।