फिल्म ’रणवीर’ को छायाँकन यतिबेला धनगढी , महेन्द्रनगर लगायतका सुदुरपस्चिमको रमणीय स्थलमा भईरहेको छ । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको झन्डै ६५ दिनको छायाँकन उपत्यकामा सकिएपछी निर्माण युनिट त्यहाँ पुगेको हो ।झन्डै तिन हप्ते सेड्युल लिएर त्यहाँ पुगेको युनिटले केहि दृश्य र दुई गीतको छायाँकन गर्ने निर्माण युनिटले जनाएका छन् । निर्माण घोषणामै महँगो बजेट भनेइको फिल्मलाई विना सम्झौता छायाँकन गरिरहेको युनिटको भनाइ छ । फिल्मले महेन्द्रनगरको छायाँकन लगभग सकाएको छ भने धनगढी , घोडाघोडी ताल लगायतका रमणीय स्थलमा छायाँकन अझै बाकि छ । फिल्मका कलाकार सुशील सिटौला , सुपुष्पा भट्ट , हरिहर शर्मा , जगदीश रिजाल लगायतको छायाँकन भईरहेको छ । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् ।
फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । फिल्ममा प्रशान्त ताम्राकार , सुशील सिटौला , सुपुष्पा भट्ट , टिका पहाडी , रवी गिरी , नरेश पौडेल , हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । यसैफिल्म मार्फत मोडलिङ क्षेत्रको चर्चित नाम शुभेच्छा खड्का फिल्ममा डेब्यु गर्दै्छिन । महेश पौडेलको छायाँकन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गर्नेछन् । फिल्म युनिटले छायाँकन सेटबाट केहि तस्वीर पनि सार्वजनिक गरेको छ । दिपेन्द्र रेग्मी ( फिल्मको छायाँकनको लागि हामी युनिट सहित महेन्द्रनगरमा छौ । हामी शुक्रबार देखि धनगढी तथा आसपासका क्षेत्रमा छायाँकन गर्नेछौ । फिल्मलाई राम्रो बनाउ कहिँ कतै सम्झौता गरेका छैनौ । फिल्मको दृश्य सहित दुई गीतको छायाँकन यहिँ गरेका छौ । फिल्ममा युवाको सघर्ष र उसको भोगाईलाई चित्रण गरेका छौ । यसमा एक्सन , ड्रामा , रोमान्स सबैको मिश्रण दर्शकले पाउनु हुनेछ ।