३ जना नेपाली बेलायतको स्थानीय काउन्सिलरमा विजयी

बेलायतमा हालै सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका ३ जना काउन्सिलरमा विजयी भएका छन् । नेपाली मूलका विष्णु गुरुङ, चित्र राना र लक्ष गुरुङ स्थानीय काउन्सिलरमा विजयी भएका हुन् ।

काउन्सिलरमा जित निकाल्न सफल तीनैजना भूतपूर्व गोर्खा सैनिक हुन् । हयानवर्थ पार्क वार्डबाट प्रतिस्पर्धा गरेका विष्णु गुरुङ १३१५ मतका साथ विजयी भएका छन् । उनी लेबर पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए । गुरुङ यसअघि पनि काउन्सिलर पदमा विजयी भएका थिए ।
यसैगरी, कन्जरभेटिभ पार्टीका तर्फबाट वकिङ बरोको गोल्डवर्थ पार्कको काउन्सिलरमा उम्मेदवारी दिएका भूतपूर्व गोर्खा सैनिक मेजर चित्र राना दोस्रोपटक काउन्सिलर पदमा निर्वा्चित भएका छन् । राना लिबरल डेमोक्र्याट्सका जेम्स रिचार्डलाई १० मतको अन्तरले पराजित गर्दै निर्वा्चित भएका हुन् । अर्का लक्ष गुरुङ बार्नेट काउन्सिलको हेल वार्ड काउन्सिलरमा विजयी भए । कन्जरभेटिभ पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका गुरुङ ३ हजार ७ मतका साथ विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार