शिक्षण अस्पतालको बिजोक, शौचालयमा चुकल समेत छैन -मोदीको चाकडीकी जनकपुरको सफाई ?(भिडियोसहित)

काठमाडौं । सरकारी अस्पतालहरुले राम्रो सेवा दिए महंगा प्राईभेट अस्पतालहरु जान कसलाई रहर हुन्थ्यो र ? देशकै ठुलो मध्येको एक सरकारी अस्पताल शिक्षण अस्पताल महाराजगञ्जमा प्रशासनको लापरवाहीका कारण विजोक छ ।

आफ्नो दाईको उपचार गराउन शिक्षण अस्पतालको ईमेरिजेन्सी वाडमा पुगेको गोरखाका दिपक अधिकरीले भिडियो एक्सरे गर्ने कोठामा ताल्चा लगाएको र घण्टौ सम्म लाईन बस्दा पनि कोही नपाएपछि हामीलाई फोन गरे ।

अधिकारीको गुनासो गरेपछि हाम्रो टिम शिक्षण अस्पताल पुग्यो । त्यहाँ भिडियो एक्सरे गर्ने कोठामा ताल्चा लागेको थियो । बिहान देखि एक्सरेका लागि लाईन बसेका मानिसहरु भेटिए । हाम्रा टिम त्यहाँ पुगेको देखेपछि केही बेरमै भिडियो एक्सरे गर्ने दुई जना व्यक्ति हतार हतर आई एक्सर गर्न थाले । बिरामीले आफुहरु बिहान देखि आएको भन्दा पनि उनिहरु झुट बोलिरहे ।

त्यसपछि हामी शिक्षण अस्पतालको प्रशासन बिभागमा पुग्यौ । बिडम्वना त्यहा पनि कोही थिएन् । प्रशासनमा पनि कोही न भेटिएपछि हामी कार्यकारी निर्देशक डाक्टर दिपक महराको कार्यकक्षमा पुग्यौ र यस बारे उहाँलाई जानकारी गरायौं । त्यपछि उहाँले हामीलाई प्रशासन प्रमुख मानवहादुर भट्टलाई भेटाई दिनु भयो ।

भट्टले रेडियोलोजी डिपाटमेन्टका प्रमुखलाई फोन गरि तुरुन्त उपस्थित हुन पनि भन्नु भयो । इमेरिजेन्सी वार्डको भिडियो एक्सरेमा मानिस नहुनु त सामान्य हो, यहाँ त ईमेरिजेन्सी वार्डको शौचालयमा चुकुल नै रहेनछ ।

महिला र पुरुष दुवैले प्रयोग गर्ने शौचालयमा चुकल नभएको भनि एक जना महिलाले गुनासो गरिन् । हामीले यस विषयमा ईमेरिजेनसीकै डक्टर रामेश मर्हजनलाई जानकारी गरायौ । उहाँले यसका लागि आफुले प्रशासनलाई लखेर दिएपछि चुकुल लगाउने बताउनु भयो । हामीले हामीसंगै गएका प्रशासन प्रमुख मानवहादुर भट्टलाई पनि जानकारी गरायौ ।

यति मात्र होईन शिक्षण अस्पतालको ईमेरिजेन्सीमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएको ३ महिना बढी भईसक्यो । बनाउन तर्फ कसैको ध्यान पुगेको छैन् ।

हामी शिक्षण अस्पतालमै रहँदा एक जना व्यक्तिले अर्काे गुनासो गरे, टिकट लिन लाग्दा राखिएको डिलिटल कुपन डिस्प्ले बिग्रिएको देखाए । यो बिग्रिएको एक दुई महिना भईसकेको रहेछ । प्रशासन र मेन्टिनेन्सलाई जानकारी गराउँदा पनि नबनेपछि हातले लेखेर च्यातिएको कुपन बनाईएको रहेछ ।

हामीले शनिवार पुन शिक्षण अस्पतालको इमेरिजेन्जी वार्डमा रहेको शौचालयमा चुकुल लगाईयो कि लगाईएन भनि हे¥यौ । दोस्रो दिन पनि चुकुल नदेखेपछि हामीले आफै हार्डवेयरको पसलबाट चुकल दिने ड्युटी इन्चार्जलाई हस्तान्तरण ग¥यौ उन्ले तुरुन्त मेन्टिनेन्स डिपाटमेन्टका व्यक्तिलाई चुकुल लगाउन बोलाउनु भयो । अचम्म त के रहेछ भने शनिबारकै दिन पनि एउटै समयमा ३ जना मेन्टिनेन्सका कर्मचारीहरु हुँदा रहेछन् । शिक्षण अस्पतालमा रहेको मर्मत सम्भार बिभागमा ४२ जना कार्यरत रहेछन् ।

मर्मत गर्ने व्यक्ति आएपनि अस्पतालमा हतौडा भेटिएन । हतौडा खोज्न करिब आदा घण्टा कु¥यौ ।

शिक्षण अस्पतालबाट दिनहँु बिरामी र बिरामीका आफन्तको गनासो आईरहन्छ । व्यवस्थापकको लापरवाही र हेल्चकराईका कारण सरकारी लगानीको यति ठुलो अस्पतालको विजोग छ ।

सामुदायिक स्कुलका प्रधानअध्यापक निजी स्कुलको डाईरेक्टर


देवराज पन्त,
हेटौंडा । सरकारले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने र सबैलाई सामुदायिक विद्यालयमा नै पढाउने योजना ल्याईरहेको समयमै मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को बाल जागृति युवा बर्ष माध्यमिक विद्यालयको शैक्षिक अवस्थाले सरकारलाई नै चुनौति दिईरहेको छ ।

यस विद्यालयका अभिभावकहरुले हामीलाई विद्यालयको शैक्षिक विषयमा गुनासो गरेपछि हाम्रा मकवानपुर स्थीत टिभी जर्नलिष्ट देवराज पन्त बिद्यालयमा पुगेका थिए । ४१६ जना बिद्यार्थी रहेको बिद्यालयमा शुक्रबार ४ ओटा कक्षा सञ्चालन गर्नुपर्नेमा विद्यालयको रिपोर्ट बनाउन भन्दै २ ओटा कक्षा मात्रै पढाएर विदा गरीएको रहेछ ।

जबकी जिल्ला स्थित शिक्षा कार्यालयका सहायक शिक्षा अधिकारी शम्भु पौडेलले त्यस्तो रिपोर्ट जेष्ठ मसान्त सम्म बुझाउनु पर्ने हो, तर विद्यालय नै विदा गरेर रिपोर्ट बनाउनु पर्ने कुनै कारण नरहेको बताएका छन् ।

यति मात्रै होइन १२ः३० बजेको समयमा प्रधानाध्यापक भरत सापकोटा आफ्नो कुर्सीमा थिएनन् । कुर्सी खाली थियो । हामीले प्रअ सापकोटाको बारेमा सहयाक प्रधानाध्यापक शिवकुमार दुलाललाई बुझ्दा बिद्यालयको भवन निमार्णको कामले शिक्षा कार्यालय गएको बताए ।

तर शिक्षा कार्यालयको भवन निर्माण हेर्ने शिक्षा कार्यालयका भवन शाखाका सञ्जिव पुडासैनीले प्रअ सापकोटा नआएको बताए ।

यस पछि हामीले प्रधानाध्यापक सापकोटालाई विद्यालय परिसरबाटै सम्पर्क गर्दा व्यक्तिगत काममा हेटौंडाकै मक्राञ्चुली पुगेको बताए ।

यति मात्रै होइन सामुदायिक बिद्यालयका प्रअ सापकोटा त सोही वडामा सञ्चालित मुनलाईट इन्टरनेशनल नामको निजी बिद्यालयका म्यानेजीङ डाइरेक्टर पो रहेछन् । मुनलाईटले प्रकाशन गरेको यो ब्रोसर हेर्नुहोस् ।

एकै समयमा उनि प्रअ रहेको सामुदायिक बिद्यालय बिदा थियो भने म्यानेजीङ डाइरेक्टर रहेको निजी बिद्यालयमा निर्वाध पढाइ भैरहेको थियो ।
यो बिषयमा हामीले जिल्ला शिक्षा कार्यालयका सहायक शिक्षा अधिकारी शम्भु पौडेलले आर्थिक लाभ लिने गरेर सामुदायीक बिद्यालयमा कार्यरत रहेको समयमा निजी बिद्यालयमा काम गर्न नपाइने बताउँछन् ।

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर कम हुनुकापछि सामुदायिक बिद्यालयमा हुने यस्तै खाले कार्य प्रमुख हुन् ।

मोदीको स्वागत गर्न १० दिनमा जनकपुर यसरी सजाईयो

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा जनकपुर आउने भएपछि जनकपुरमा आश्चार्यजनक ढंगमा सरसफाई र अस्थायी पुर्वाधार निमार्णको काम धमाधम भैरहेको छ ।


मोदीले पुजा पाठ गर्ने जानकी मन्दीर, उनलाई अभिनन्दन गरीने बाह्रबिघा स्थीत मैदान, यो बिचमा पर्ने जनकपुर अञ्चल अस्पताल लगाएत जनकपुरका सबै जसो ठाँउमा मुख्यमन्त्री, मन्त्री, सांसद देखि मेयर आँफै सहभागी भएर धमाधम सरसफाइ गर्दै छन् ।

जनकपुर अञ्चल अस्पताल १० बर्षदेखि फोहोरका कारण दुर्गन्धीत अवस्थामा थियो । तर यसको उचित सरसफाईका लागि कसैको आँखा खुलेको थिएन ।

यो अवधिमा न स्थानीय नगरपालिका गम्भीर भयो न प्रशासन । तर भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि अहिले एका एक रुप फेर्न लागिएको छ ।

जनकपुर उपमहानगरपालिकाले अहिले अस्थायी रुपमा सकडक र नाला निर्माणको काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार