सुन तस्करीका फरार अभियुक्त प्रहरी हवल्दार पक्राउ


काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा फरार रहेका प्रहरी हवल्दार पक्राउ परेका छन्। ३६ वर्षीय प्रहरी हवल्दार अमर भन्ने अम्मरबहादुर थापा मगरलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको जानकारी अाएकाे छ।

एसएसपी श्यामबहादुर खत्रीका बडी गार्ड रहेका थापाले विमानस्थलबाट तस्करले सुन भित्र्याउँदा छेउबाट स्कर्टिङ गर्ने गरेको प्रतिवादी विष्णु बहादुर खड्काको बयानमा उल्लेख छ। प्रहरीले थापालाई आइतबार जिल्ला अदालत मोरङमा उपस्थित गराउँदैछ।

सुन प्रकरणमा मोरङ प्रहरीले विभिन्न चारवटा अपराधमा ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। घटनामा संलग्न मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित ३३ जना अझै फरार छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार