इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी सिजनमा ३५ औँ खेल महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्स र विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंगलोरबीच शनिबार हुँदैछ । स्टार खेलाडीले भरिपूर्ण भए पनि आरसीबी प्लेअफमा स्थान बनाउनका लागि गर या मरको स्थितिमा रहेको छ । आरसीबीले आठ खेलमा तीन खेल मात्रै जितेको छ ।
एक त जित्नै पर्ने दबाबका साथ आरसीबी चेन्नईविरुद्ध उत्रँदैछ भने एक स्टार खेलाडी यो खेलमा खेल्ने छैनन् । चेन्नईसँगको खेलमा अनुपस्थित हुने खेलाडी हुन् क्विन्टन डि कक । यो आईपीएलमा बेंगलोरको तर्फबाट ओपनिङ ब्याटिङ गर्दै आएका डि कक दक्षिण अफ्रिका फर्किएका छन् । उनी एक वैवाहिक समारोहमा सहभागी हुन दक्षिण अफ्रिका गएको बताइएको छ । उनी विवाहमा सहभागी भएर आएपछि मात्रै टिममा समावेश हुनेछन् ।