जापानमा एक नेपालीको सुतिरहेको अवस्थामा निधन भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका घर भई हाल चिवामा बसोबास गर्ने २८ वर्षीय राजु केसीको मृत्यु भएको हो । उनी एफ। हिरोताकी लिमिटेड कम्पनीमा कार्यरत थिए ।
रातीको १२ बजे साथीसंग सुतेका केसी मे महिनाको ४ तारिख विहान ८स्४५ तिर उठाउन खोज्दा नउठेपछि संगै सुत्ने साथीले प्रहरीलाई खबर गरि एम्बुलेन्स बोलाउदा बितिसकेको जानकारी गराएको थियो ।
सन् २०१४ मा जापान प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु गरेका थिए ।
केसी केहि महिना अघि विवाह गरि जापान फर्किएका थिए । केसीको शव प्रहरी चौकीमा अनुसन्धानका लागि लगिएको छ ।