पोर्तुगलका नेपाली पत्रकारहरुले यसरी मनाए बिश्व प्रेस स्वतन्त्रता दिवस (फोटो फिचर)

लिस्बोन, ३ मे । गत अप्रिल ३० तारिख अफगानिस्तानमा एउटा आत्माघाती हमलामा बर्बरतापुर्णरूपमा हत्या गरिएका दसजना पत्रकारहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै पोर्तुगलका नेपाली पत्रकारहरुले २५ औं बिश्व प्रेस स्वतन्त्रता दिवस मनाएका छन् । नेपाल पत्रकार महासंघ युरोप च्याप्टर र नेप्लिज जर्नलिस्ट क्लब पोर्तुगलले राजधानी लिस्बोनको अल्मेदा पार्कमा आयोजित कार्यक्रमको सुरुवातमा अफगानिस्तानमा हत्या गरिएका पत्रकारहरुको सम्मानमा दसवटा दीपहरु प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासघ युरोप च्याप्टरका महासचिव योगेन्द्र मिलन छन्त्याल, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की, नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, महाससमिति सदस्य चिजकुमार तामाङ, प्रवासी नेपाली मंचका उपाध्यक्ष तुलसीराम थपलिया, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष धनराज शेर्पा, अनेसास पोर्तुगलका अध्यक्ष वाइबी गुरुङ, पत्रकारहरु गणेश पाण्डेय, प्रविन धिताल, बिमल गौतम, राजकुमार थापा लगायत पोर्तुगलस्थित विभिन्न सघ सस्थाका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता थियो, कार्यक्रम पत्रकार राजकुमार थापाले संचालन गरेका थिए ।

कार्यक्रमका सक्षिप्त मन्तव्य व्यक्त गर्ने क्रममा, एन आर एन ए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले २५ औं बिश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए, उनले अगाडि भने, “प्रेस समाजको ऐना हो, प्रेस र समुदाय बीच सधैं सहकार्य र समन्वय भए सुसस्कृत समाजको निर्माण हुन्छ, एन आर एन ए पोर्तुगल प्रेस सग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्ध रहेको जनाउदै पोर्तुगलमा नेप्लिज जर्नलिस्ट क्लब सुरुवात भएकोमा खुशी ब्यक्त गर्दै शुभकामना पनि दिए ।”

यसैगरी सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव योगेन्द्रमिलन छन्त्यालले पत्रकारहरुले निर्वाधरुपमा सुचना संकलन र सम्प्रेषण गर्नपाउनु आजहो आवस्यकता भएको र सुचना र संचारका माध्यमबाट मात्रै समृद्ध र अनुसाशित समाजको निर्माण हुने भएकोले नेपाल पत्रकार महासंघ युरोप शाखा र नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल सधै यहाका नेपाली संघसंस्था र समुदायसंग हातेमालो गर्दै अगाडी बढ्न प्रतिबद्ध रहेको बताए।

नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल सोसियल क्लबको अवधारणामा पोर्तुगलमा क्रियाशील रहेका नेपाली पत्रकारको साझा समुह हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार