गजल:
मैले प्रार्थना गरेका, अनगिन्ती फोटा छन्
हो जिन्दगी साच्चै, सोचेभन्दा छोटा छन्
ज्यूँदा भगवानको साथ, नछुटाई दे देउता
बाहिरी मन्दिरमा तँ भित्र, उपेन्द्र देवकोटा छन्
हो घरहरू ठूला ठूला, भए आजकल
तर यादमा उनै बूँईगल, र चोटा छन्
देशका खातीर, सास काटेर बाँचेकालाई
बचाउन के लिन्छस् अरू, कति कोटा छन्
रवि लामीछाने, भगवान कोईराला, लालबाबु जस्तै
भनि साध्य छैन असल, कति वटा छन्
स्पन्दन बिनोद, लण्डन
हजूरबुबा सन्तको राम्रो चिनजान भएको कारणले पनि उपेन्द्र देवकोटा सर र मधु दिक्षित देवकोटा मेडमसित राम्रो र पारिवारीक सम्बन्ध थियो। कुनै दिन मधु मेडमले मेरा दु:ख र उहाँका दु:ख यौटै रहेछन भनेर आँखाबाट आँसु झार्नु भएको पलले मलाई आजको अवस्थामा सहारा स्वरूप केहि नभनि बस्न सकिन र दुई शब्द कोरेको छु। बारबार मिडियामा डा. उपेन्द्रको (pancreatic cancer) बिरामीको कुरा आउँदा मन खिन्न भएर आउँछ। मानबिय नाताले र स्वास्थ्य क्षेत्रमा उहाँको अनुकरणिय भूमिकाका कारण उँहाको सिघ्र स्वास्थ्य लाभको लागि भगवानसंग प्राथना गर्दछु। )