ओलीको “राष्टवाद” इतिहासमा सबैभन्दा घिनलाग्दो तस्विरमा देखिंदैछ : भरत दाहाल


बैशाख २१,काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहि बैशाख २८ मा नेपालको दुई दिने राजकीय भ्रमणका लागि आउदै छन्। मोदी आफ्नो कार्यकालमा तेस्रोपटक नेपाल आउन लागेका हुन्।

नेपालले संविधान जारी गरेपछि त्यसमा असन्तोष जनाउदै भारतले नेपालमाथि अमानविय नाकाबन्दी लगाएको थियो।जसको चारैतिरबाट विरोध भएको थियो।तत्कालीन समयमा प्रधानमन्त्री रहेका केपी ओली नाकावन्दीमा भारतसँग नझुकेको र चीनसँग पारवहान सन्धि गरेको भन्दै ओलीको प्रसंशा समेत भएको थियो र उनी निकै लोकप्रिय भएका थिए। चुनाबपछि ओली दोस्रो पटक देशको प्रधानमन्त्री बनेका छन्।दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीले भारतको औपचारिक भ्रमण गरेका थिए।

मोदीको नेपाल भ्रमण भारतीय पक्षले आफूखुसी तय गरेका थिए जसमा नेपालसँग सल्लाह गरिएको थिएन।

मोदी दुई दिने भ्रमणको क्रममा जनकपुर र मुक्तिनाथको दर्शनमा जाने पक्का भएको छ भने जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ र जनकपुर मन्दिरमा मोदीले पूजा गर्नेछन्।

यतिबेला भारतीय सुरक्षाकर्मीको टोली मोदीको भ्रमणको सुरक्षा ब्यबस्था मिलाउन भन्दै जनकपुर,काठमाडौं र मुक्तिनाथ सम्म गएका छन्।जसको आम जनता र विभिन्न राजनीतिक दलका नेता लगायतले विरोध र आलोचना गरेका छन्।

सार्वभौम र स्वतन्त्र मुलुकमा सुरक्षा व्यवस्था मिलाउने नाममा विदेशी सेना नेपालभित्र आएर यसरी आफूखुशी गर्नु सार्वभौम र स्वतन्त्र देशको अपमान र हस्तक्षेप भन्दै विरोध भएको हो।

राजनीतिक विश्लेषक भरत दाहालले ट्वीट गर्दै यसरी लेखेका छन्- माेदीकाे सुरक्षाकाे बहानामा जनकपुरदेखि काठमाडाैं हुँदै मुस्ताङसम्म इण्डियन सेनाले रेकी गरिरहेकाे छ, नेपालकाे सेना इण्डियन बटालियनका रूपमा खुम्चेकाे छ र ओलीको “राष्टवाद” इतिहासमा सबैभन्दा घिनलाग्दो तस्विरमा तस्विरमा देखिंदैछ।

यस्तो छ दाहालको ट्वीट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार