अस्पतालका चिकित्सक गोविन्द केसीले चार बुँदे माग अघि सार्दै पुनः आमरण अनशनको चेतावनी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डा. केसीले आफ्ना माग सार्वजनिक गरेका हुन् ।
पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुली ७ महिना ९ दिन गैरकानुनी रुपमा पदमा बसेको भन्दै डा. केसीले सो अवधिमा उनले खाए–पाएको सेवासुविधा फिर्ता लिनुपर्ने तथा उनले गरेका फैसलाको छानबिन गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, चिकित्सा शिक्षा विधेयक यथास्थितिमा पारित हुनुपर्ने, माइतीघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने, जाँचबुझ आयोगको प्रतिवेदनअनुसार त्रिविका पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग पनि डा. केसीले अघि सारेका छन् ।
माग पूरा नभए जुनसुकै बेला अनशन सुरु गर्ने डा. केसीको भनाइ छ ।