३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा एसएसपी लोहनी पक्राउ


महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई प्रहरीले हिरासतमा लिएको छ।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बयान दिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका एसएसपी लोहनीलाई बुधबार प्रहरीले हिरासतमा लिएको थियो।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले यसअघि सुन तस्करी र शाक्य हत्या अनुसन्धानमा लोहनीको भूमिका शंकास्पद रहेको भन्दै उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउन भनेको थियो।

समितिको निर्देशनअनुसार उनलाई अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय तानिएको थियो।

समितिले उनलाई बयानका लागि विराटनगर बोलाएको थियो। बयान दिन पुगेका लोहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ पुर्जी थमाएको हो।

यो प्रकरणमा पक्राउ पर्ने लोहनी सातौं प्रहरी अधिकारी हुन्। पूर्वडिआइजी गोविन्द निरौलासहित ६ प्रहरी अधिकारी हिरासतमा छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार