बग्ने खोला बगीगो सार्वजनिक (भिडियो)

काठमाडौं : लोक दोहोरी गीतबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यको लोक पप गीत ‘बग्ने खोला बगीगो’ सार्वजनिक भएको छ ।

गीतमा गायिका भावनालाई गायक रामचन्द्र काफ्लेले साथ दिएका छन् । बग्ने खोला बगीगो गीतका शब्द दीपक शर्माका हुन् । संगीतकार शर्मा स्वयम्ले गीतमा संगीत भरेका छन् ।

नरेन्द्र बियोगीको एरेन्ज रहेको उक्त गीतको छायांकन उत्सव दाहालले गरेका हुन् । म्युजिक भिडियोको सम्पादनमा साहिल खान र मिलन श्रेष्ठले मिहिनेत गरेका छन् ।

म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र दीपक ढकालको अभिनय समेटिएको छ । संगीतकार शर्माले नेपालमा बोलीने मौलीक भाषा र भाकालाई सूक्ष्म तरिकाले जीवन्त शैलीमा गरेका प्रयोग छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार