महिलाले प्रयोग गर्ने ‘ब्रा’बारे जान्नै पर्ने यी कुरा


मान्छेले लगाउने लुगाबारे बाहिरी चर्चा धेरै भएपनि त्येसले मान्छेको स्वास्थ्यमा पार्ने असरबारे कमै मात्र चर्चा हुन्छ । विशेष गरि महिलाले प्रयोग गर्ने ब्रा किन्दा पनि महिलाहरुले त्यती ध्यान दिएको पाइदैन । महिलाको रोजाइ पिच्छे फरक हुनु नौलो कुरा भएन । तर अधिकांश महिलाले ब्रा किन्दा सधै एकै किसिमको गलती गर्ने गर्छन । यसै सन्दर्भमा हामी ब्रासँग जोडिएका केही गल्तीबार यहाँ जानकारी गराउदै छौं ।
कमसल ब्रा खरिद

यदि अनलाइन सेलमार्फत ब्रा किन्दै हुनुहुन्छ भने तपाई पक्का कमसल ब्रामा पैसा फाल्दै हुनहुन्छ । तर एउटा राम्रो र कमसल ब्रामा आकाश जमीनको फरक हुन्छ । कमसल ब्राका तुलनामा राम्रा ब्राले तपाईलाई सहज र आरामदायी महशुश हुन्छ र नियमित धुँदा पनि त्यसको गुणस्तरमा गिरावट आउदैन । तर कमसल ब्रा २र४ पटक धोएपछि आफ्नो रुपै बदलिन्छ ।

गलत साइजको ब्रा
महिलाहरु यो एउटा गलती अक्सर गर्ने गर्छन । यदि तपाईले किनेर ब्राको साइज फिटिङ गराउनु भएको छैन भने तपाईले पक्कै गलत साइजको ब्रा लगाइरहनु भएको छ । तौल बढ्ने, तौल घटने, गर्भवती हुन वा हार्मोनहरुमा परिवर्तनका कारण महिलाहरुको शरीरमा परिवर्तन आइरहेको हुन्छ । जसका कारणले समय–समयमा ब्राको फिटिंङमा पनि परिवर्तन भई रहेको हुन्छ । त्यसैले केही समयको अन्तरमा ब्रा को फिटिंङ चेक गर्नु पर्छ ।
दुइ दिन एउटै ब्रा लगाउनु


एउटै ब्रा दुई दिनसम्म वा सो भन्दा धेरै दिन लगायो भने ब्रा धेरै दिनसम्म चल्छ भने महिलाहरुको सोचाइ हुन्छ । तर यो सोचाई पूरै गलत छ । र कुनै सत्यता छैन । तपाईको ब्रामा पहिलेकै आकार (सेप) मा आउन पनि समय चाहिन्छ । एक दिन भन्दा बढी लगाएमा तपाईको ब्राको इलाष्टिक नै लुज हुन्छ । यसको साथै एउटै अण्डरगार्मेन्ट (भित्री कपडा) एक दिनभन्दा धेरै लगाउनु अनहाइजीनिक मानिन्छ ।
ब्रालाई वशिङ मसिनमा धुनु
यदि तपाई आफ्नो ब्रालाई वासिङ मेसिनमा धुनुहुन्छ भने त्यो बानीलाई आजै सुध्रानुस् । किनकी ब्रा एकदमै कमजोर फैब्रिकले बनेको हुन्छ । वासिङ मेसिनमा धुनाले ब्राको कपडा विग्रिन सक्ने सम्भावना धेरै हुन्छ । त्यसै त ब्रा हातले धुनु राम्रा मानिन्छ । तर आजभोलि धेरै मानिसले सजिलोका लागि कपडा धुन वासिङ मेसिनको प्रयोग गर्छन । सम्भव भएसम्म ब्रा हातैले धोनुस् भएन भने लान्जरी ब्यागमा राखेर वासिङ मेसिनमा धुदा राम्रो ।
ब्राण्ड अनुसार फरक साइज
यदि तपाई अलग–अलग ब्राण्डमा पनि एउटै साइजको ब्रा किन्नु हुन्छ भने त्यो गलत गरिरहनु भएको छ । ब्राको बैड र कप साइज ब्राण्ड अनुसार फरक–फरक हुने गर्छन् । तर जे भएपनि कुनै पनि ब्राण्डको ब्रा किन्दा लगाएर मात्रै किन्नुस् ।
ब्राको पनि एक्सपायर डेट

यदि तपाई आफूलाई मन परेकोे ब्रा लामो समयदेखि लगाइरहनु भएको छ भने अब त्यो परिवर्तन गर्ने समय आयो । तपाई अचम्भित हुनु हुला एउटा ब्राका आयु ६ देखि ९ महिनासम्म मात्रै हुन्छ भन्ने सुन्दा । यदि तपाईले एउटा ब्रा त्यो भन्दा लामो समयसम्म लगाउनु भयो भने त्यसको हुक झर्न थाल्दछ र स्तनले पनि बाहिर हेर्न थाल्दछन् । यस्ता संकेत देखिन थालेपछि तपाईले बुझ्नुपर्छकी पूरानो ब्रा फ्याकेर नयाँ किन्ने बेला भयो भनेर ।
राम्रोसँग राख्नु
जसरी तपाई आफ्ना कपडालाई जतन गरेर दराजमा राख्नुहुन्छ त्यसरी नै ब्रालाई पनि राम्रोसँग राखुनु होस् । किनकी हरेक ब्राको आफ्नो युनिक सेप हुन्छ यदि तपाईले सोही अनुसार राख्नु भएन भने त्यसको आकार (सेप) विग्रिन्छ । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार