न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका छन् । प्रचण्डले उपचाररत देवकोटाई भेटेर स्वास्थ्य स्थितिको बारे जानकारी लिएको अस्पताल प्रशासनले जनाएको छ । १० मिनेट अस्पतालमा बसेका प्रचण्डले डा देवकोटाको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया लगायतका विषयमा जानकारी लिएका थिए । बेलायतमा पाँच महिना लामो उपचारपछि डा. देवकोटालाई गत शनिवार नेपाल ल्याइएको थियो । नेपाल ल्यार्ईएपछि देउवाको आफ्नै अस्पताल न्यूरोमा उपचार भईरहेको छ । उनको स्वास्थ्यस्थिति स्थिर रहेको अस्पतालले जनाएको छ। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको थियो ।
9