यस्ता ५ सुझाव दिए देउवाले मुख्यमन्त्रीलाई


प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । मंगलबार बिहान धनगढीस्थित देउवा निवासमा पुगेका भट्ट देउवासँग विकास र समृद्धिको विषयमा छलफल गरेको बताइएको छ ।
छलफलमा देउवाले आफू प्रदेशकै बासिन्दा भएकाले विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए ‘उहाँ देउवा यसै प्रदेशको स्थानीय र पटकपटक प्रधानमन्त्री भएर काम गरेको, लामो अनुभव भएको व्यक्ति भएकाले मुख्यमन्त्रीले सुझाब र सल्लाह लिनका लागि भेट गर्नुभएको हो,’ ओलीले भने । प्रदेशको विकास र समृद्धि कसरी गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित रहेको उनले बताए ।

देउवाका पाँच सुझाब

१) सहमति : अधिकतम सहमति कायम गरेर काम गर्न
२) तिक्तता : प्रदेशमा दलहरूबीच तिक्तता आउने वातावरण सिर्जना नगर्न
३) राजधानी र नामकरण : प्रदेश ७ को राजधानी र नामकरण गर्दा छलफल गरेर दलहरूबीचको सहमतिमै टुंगो लगाउन, त्यसको टुंगो छिटो लगाउनुपर्नेमा जोड थियो
४) बहुमत र अल्पमत : बहुमत र अल्पमतमा नअल्झिन
५) एकजुट : प्रदेशको विकासका लागि सबै दललाई एकजुट पार्न, दलहरू एकजुट नहुँदा प्रदेशको विकास नभएको देउवाको जिकिर

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार