काठमाडौँ- लण्डनस्थित किङ्ग्स कलेज हस्पिटलमा उपचार गराएर शनिबार स्वदेश फर्केका वरिष्ठ स्नायु शल्यचिकित्सक डा. उपेन्द्र देवकोटा मंगलबार फेरि बाँसबारीस्थित न्यूरो अस्पताल भर्ना भएका छन्।
उनी गत पाँच महिनादेखि लण्डनमा उपचार गराएका नेपाल फर्केका थिए। उनको उपचारमा संलग्न चिकित्सकहरुले उनको उपचार भइरहेको उल्लेख गरे पनि समस्याको बारेमा बताएनन्।
कुनै समय स्वास्थ्यमन्त्रीसमेत रहेका डा. देवकोटाले नै बाँसबारीस्थित न्यूरो अस्पतालको स्थापना गरेका हुन्।