यस्तो देखियो पोर्तुगलको २५६२ औ बुद्ध जयन्ति (भिडियो)

अप्रिल ३० का दिन पोर्तुगलको राजधानी लिस्बोनमा २५६२ औं बुद्ध जयन्ती भब्य रूपमा सम्पन्न भएको छ ।
लिस्बोन रोसीयोस्थित सिन्डिकेट हलमा बिहान १० बजेदेखि पोर्चुगिज बौद्ध भिक्षुहरुबाट बिधि पुर्बक रुपमा बुद्धको पूजा आरधना तथा प्रसाद वितरणको कार्यक्रम सम्पन्न गरिएको थियो । समारोहलाई पोर्तुगलका लागि नेपाली अवैतनिक वाणिज्य दुत मकर हमाल , पर्यटन दुत रमेश कुमार गुरुङ तथा बौद्ध धर्म गुरुहरुले सम्बोधन गरेका थिए ।

पूजामा नेपालीहरुको बाक्लो उपस्थिति थियो भने लगभग ३:४५ बजे सुरुभएको शोभा यात्रामा अत्यन्तै उत्साह जनक नेपाली हरुको भिड देखिएको थियो । उक्त र्यालीमा विभिन्न संघ,सस्था, पत्रकार , ब्यापारी , सामाजिक ब्यक्तित्वहरु, कलाकार लगायतको उपस्थिति थियो ।

उक्त र्याली रोसियोस्थित समुन्द्र किनारबाट शुरु भई मुख्य पर्यटकीय सडक परिक्रमा गरी मार्तिममुनिज पार्कमा आएर समापन भयको थियो । बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक झाँकीसहित शोभा यात्रा पुरा भएको थियो । त्यस्तै बुद्ध जयन्तिको पुजा व्यवस्थापन शेर्पा शोसाइटि पोर्तुगलले गरेको थियो । र्यालीमा पिउने पानीको व्यवस्था चितवन समाजले गरेको थियो भने , फिजी कोल्ड्रिंक्स एन आर एनए सल्हाकार तथा अन्तरास्ट्रिय नेपाली समाज पोर्तुगलका अध्यक्ष धन शेर्पाले गरेका थिए । त्यसैगरि फलफुल वितरण तामांग समाज पोर्तुगलले गरेको थियो ।

बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पर्यटन दूत रमेशकुमार गुरुङले बुद्ध जयन्तीलाई भब्य रुपमा सफल पार्नको निम्ति आ – आफ्नो ठाँउ बाट भुमिका खेल्नु हुने पोर्तुगल स्थित सम्पुर्ण संघ , सस्था, पत्रकार , ब्यापारी , सामाजिक ब्यक्तित्वहरु, कलाकार लगायत उपस्थित सम्पुर्ण महानुभाब हरु लाई धन्यवाद दिदै आउदा दिनहरुमा पनि सबैको साथ र सहयोग को अपेक्षा राखेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार