आज २०१८ सोमबार अप्रिल ३० का दिन पोर्तुगलको राजधानी लिस्बोनमा २५६२ औं बुद्ध जयन्ती भब्य र सब्य रूपमा सम्पन्न भएको छ ।
लिस्बोन रोसीयोस्थित सिन्डिकेट हलमा बिहान १० बजेदेखि भब्य रुपमा बुद्धको पूजा आरधना तथा प्रसाद वितरणको कार्यक्रम सम्पन्न गरिएको थियो ।
पूजामा नेपालीहरुको बाक्लो उपस्थिति थियो भने लगभग ३;४५ बजे सुरुभएको शोभा यात्रामा अत्यन्तै उत्साह जनक नेपाली हरुको भिड देखिएको थियो । उक्त र्यालीमा विभिन्न संघ,सस्था, पत्रकार , ब्यापारी , सामाजिक ब्यक्तित्वहरु, कलाकार लगायतको उपस्थिति थियो ।
उक्त र्याली रोसियोस्थित समुन्द्र किनारबाट शुरु भई मुख्य पर्यटकीय सडक परिक्रमा गरी मार्तिममुनिज पार्कमा आएर समापन भयको थियो । बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक झाँकीसहित शोभा यात्रा पुरा भएको थियो । र्यालीमा पिउने पानीको व्यवस्था चितवन समाजले गरेको थियो भने , फिजी कोल्ड्रिंक्स एभरेस्ट रेस्टुरेन्टका संचालक धन शेर्पाले गरेका थिए ।
बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पर्यटन दूत रमेशकुमार गुरुङले बुद्ध जयन्तीलाई भब्य रुपमा सफल पार्नको निम्ति आ – आफ्नो ठाँउ बाट भुमिका खेल्नु हुने पोर्तुगल स्थित सम्पुर्ण संघ , सस्था, पत्रकार , ब्यापारी , सामाजिक ब्यक्तित्वहरु, कलाकार लगायत उपस्थित सम्पुर्ण महानुभाब हरु लाई धन्यवाद दिदै आउदा दिनहरुमा पनि सबैको साथ र सहयोग को अपेक्षा राखेका छन् ।