पोर्तुगलको रोसीयोस्थित सिन्डिकेट हलमा अहिले बिहान १० बजेदेखि भब्य रुपमा बुद्धको पूजा आरधना र प्रसाद वितरण


पोर्तुगलको राजधानी लिस्बोन रोसीयोस्थित सिन्डिकेट हलमा बिहान १० बजेदेखि भब्य रुपमा बुद्धको पूजा आरधनाको कार्यक्रम हुदै गरिएको तथा प्रसाद वितरण भैरहेको हुदा सम्पूर्ण पोर्तुगल वासी नेपाली समुदायमा उपस्थिको लागि हार्दिक निमन्त्रणा ।
यसैगरी दिनको ३ः३० बजे बाट बृहत् शोभा यात्राको सम्पूर्ण तयारी भयको छ । -यालीका लागि बुद्धका तस्बीर, बुद्ध वाणी उपदेश, प्लेकार्ड, तुललगायतका आवश्यक सामग्री तयार गरिसकिएको छ ।
रोसियोस्थित समुन्द्र किनारबाट शुरु भई मुख्य पर्यटकीय सडक परिक्रमा गरी मार्तिममुनिज पार्कमा आएर -याली समापन हुनेछ । नेपाली बाजागाजा, बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिने कार्यक्रम रहेको छ ।

बुद्धको प्रचार–प्रसार गर्न र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि विदेशी भूमिमा बृहत् कार्यक्रम गरेर बुद्ध जयन्ती मनाउन लागिएको संयोजक गुरुङले बताउनुभयो । ¥यालीमा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्म गुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता रहने बताइएको छ । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले यहाँ क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा बुद्ध जयन्ती मनाउन लागिएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार