लण्डनमा गाडिको ठक्करबाट एक नेपाली महिलाको मृत्यु

लण्डन । बेलायतमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट एक नेपाली महिलाको मृत्यु भएको छ ।

आइतबार लण्डनको वेस्ट हन्स्लोस्थित आफ्नै निवासनजिकै घरमा पाहुना आउने भएकोले किनमेल गर्न दोकान गएर फर्कन्दै गर्दा बाटो काट्ने क्रममा एक गाडीले ठक्कर दिएपछि ४९ वर्षीया मिना तावाहाङ लिम्बूको ज्यान गएको हो।

गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएकी लिम्बकूो शव अहिले लण्डनस्थित एक अस्पतालमा राखिएको छ । पांचथर स्थायी घर भइ अहिले लण्डनमा बस्दै आएकी लिम्बूको श्रीमानको १ महिनाअघि नेपालमा मृत्यु भएको थियो ।

श्रीमानको काजक्रिया पूरा गरी उनी एक साताअघि मात्र लण्डन फिर्ता आएकी थिइन् । उनका २४ र २० वर्षका दुई छोरा छन् । मृतक लिम्बू बेलायतस्थित पांचथर थर्पु समाज बेलायतकी एक सक्रिय सदस्य रहेको समाजले जनाएको छ ।

समाजका अध्यक्ष तिल बिक्रम तावाहाङले एक शोक वक्तव्य जारी गर्दै घटनाप्रति दुख व्यक्त गरेका छन् । वक्तव्यमा समाजका तर्फबाट मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरिएको छ ।

प्रेश बिज्ञप्ति दुखद खबर !

यस पाँचथर थर्पू समाज यूकेकी एक सक्रिय सदस्य श्रीमती मीना तावाहाङमा लिम्बुको आज लण्डनमा एक दुर्घटनामा परी मृत्यु भएको छ ।

यस खबरले आज बेलायतवासी थर्पूवालेजनहरु शोकमा डुबेका छन् । वेस्ट हन्सलोस्थित आफ्नो निवास नजिकैको बाटो काटिरहँदा तेज गतिमा आइरहेको एक गाडीले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो । स्व. मीना तावाहाङको पार्थिब शरीर हाल हस्पिटलमा राखिएको छ र प्रहरीद्धारा दुर्घटनाका छानवीन हुने भएको छ ।

आफ्नो बुबा भारतीय गोर्खा सैनिकमा सेवारत हुँदा भारतमा बि. स. २०२५ सालमा जन्मेकी स्व. मीनाको माइतघर झापा जिल्लाको गोल्धाप हो र पुख्र्यौली घर पाँचथर जिल्लाको थर्पू (हाल याङवरक गाउँपालीका ४) हो । माध्यमिक शिक्षा लिन उनी २०४४ सालमा झापाबाट पाँचथर गइन् र थर्पू माध्यमिक बिद्यालयबाट २०४७ सालमा प्रवेशिका परीक्षा दिइन् ।

सोही साल उनको ताप्लेजुङ जिल्लाको हाङपाङ निवासी भिम आङबुहाङसंग विवाह भयो । एउटा दुखद संयोग, पूर्व ब्रिटिश गोर्खा भिम आङबुहाङको पनि गत महिना मात्रै नेपालमा मृत्यु भएको थियो ।

श्रीमानको काजक्रिया सकेर गत हप्ता मात्र मीना बेलायत फर्केकी थिइन् । स्व. मीना तावाहाङले आफ्नो २४ बर्षीय र २० बर्षीय दुई छोराहरुलाई छोडेर गएकी छिन् ।

पाँचथर थर्पू समाज युके स्व. मीना तावाहाङको मृत आत्माको चीर शान्तिको कामना गर्दछ । साथै यस दुखद घडीमा उनको शोक सन्तप्त परिवार लगायत सम्पूर्ण तावाहाङ र आङबुहाङ परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

श्री तिल बिक्रम तावाहाङ अध्यक्ष साथै सम्पूर्ण पाँचथर थर्पू समाज यूके परिवार मिति २९ अप्रिल २०१८ लण्डन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार