पोर्तुगलको लिस्बोनमा बुद्ध जयन्तीको अन्तिम तयारी पूरा

गौतम बुद्धको जन्म र महापरिनिर्वाण भएको दिन वैशाख शुक्लपुर्णिमा , भोलि सोमबार बैशाख १७ गते अप्रिल ३० तारीखका दिन पोर्तुगल को राजधानि लिस्बोन मा २५६२ औं बुद्ध जयन्ती मनाईदैछ| उक्त कर्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

भोलि सोमबार अप्रिल ३० तारिखक दिन राजधानी लिस्बनमा हुने बृहत् शोभायात्रा, प्रवचन, पूजालगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पर्यटन दूत रमेशकुमार गुरुङले जानकारी गराएका छन् ।।

संयोजक गुरुङका अनुसार रोसियोस्थित सिन्डिकेट हलमा बिहान १० बजेदेखि बुद्धको पूजा आरधनाको कार्यक्रम तय गरिएको छ भने दिनको ३ः३० बजे बाट बृहत् शोभा यात्रा शुरु हुनेछ । -यालीका लागि बुद्धका तस्बीर, बुद्ध वाणी उपदेश, प्लेकार्ड, तुललगायतका आवश्यक सामग्री तयार गरिसकिएको र पूजा तथा प्रसाद वितरणको व्यवस्थापनसमेत तय भइसकेको बताएका छन् ।

यस्तै बौद्ध धर्मगुरुद्वारा भगवान् गौतम बुद्धका ज्ञान, दर्शन, र दिव्य उपदेशका विषयमा विशेष प्रवचनसमेत दिने कार्यक्रम रहेको छ । रोसियोस्थित समुन्द्र किनारबाट शुरु भई मुख्य पर्यटकीय सडक परिक्रमा गरी मार्तिममुनिज पार्कमा आएर -याली समापन हुनेछ । नेपाली बाजागाजा, बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिने कार्यक्रम रहेको छ ।

बुद्धको प्रचार–प्रसार गर्न र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि विदेशी भूमिमा बृहत् कार्यक्रम गरेर बुद्ध जयन्ती मनाउन लागिएको संयोजक गुरुङले बताउनुभयो । ¥यालीमा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्म गुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता रहने बताइएको छ । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले यहाँ क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा बुद्ध जयन्ती मनाउन लागिएको हो । उक्त कर्यक्रममा चितवन समाज पोर्तुगलका मिलन खरेल ,बिनोद पाठक र अर्जुन चौलागाईंद्वारा निशुल्क पानी वितरण गर्ने समाजका अध्यक्ष तुलसीराम थपलियाले जानकारी गराएका छन् | साथै एभरेस्ट रेस्टुरेन्टक संचालक धन शेर्पाले निशुल्क जुस वितरण गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार