# शिव कुमार चम्लागाई , स्वीडेन
बकवास बन्द गर्नुस
मान्छे मान्छे भनेर तपाइले गरेका
ठुलठुला कुरा मलाइ सहन हुदैनन
बुझ्ने र बुझाउने कुराको नाममा के मान्छेले
मान्छेलाइ चेसको चारवर्ग भित्र क़ैद गरेर
नचाउन पाउछ राख्न पाउछ ?
के तपाइ मलाइ बुझ्न सक्नु हुन्छ
के तपाइ कुनै जुनीमा मेरा
स्वप्न दुःस्वप्न भित्र पस्न सक्नु हुन्छ र
के तपाइ मलाइ बुझ्न सक्नु हुन्छ
किन सारारात निन्द्रैमा पनी म एक्लै एक्लै
आफु आफैसंग फत्फताइ रहेकी थिए भनेर
म मेरा समस्याहरुको कुरा गरी रहेकी छैन यहा
बेइज़्ज़त हुदा हुदा मैले यस्को चिन्ता याद गर्न छोड़ी सके
मान्छे सबैभन्दा धेरै आफ्नै नजीककालाइ
बेइज़्ज़त गर्न पाउदा ख़ुशी हुने हो हैन र ?
थाहा छ कसरी , तपाइलाइ थाहा छ
म तिमीलाइ धेरै माया प्रेम गर्छु भनेर
लेख्नुस लेख्नुहोस
म कसैसंग प्रेम गर्दीन थे भनेर
त्यसैले त म सबैको अपमान गरीरहेको थिए भनेर
हॉसो बनाउनु हुन्थ्यो नी ए सिम्पल न्यास्टी जोंक
हेर्नोस तर कस्सम हेर्नुहोस, तपाइलाइ थाहा छ
म तपाइलाइ प्रेम गर्छु भनेर
कहीले कालान्तर खाल्डोमा धकेलेकी छैन
बरु मैले त तपाइको शरीरबाट निस्कीएको
त्यो चिसो चिसो माटोको बास्ना महसुस गरेकी थिए
पानी परी सके पश्चात बोटबिरुवाका ज़राबाट
जस्तो वास्ना आउछन ठ्याक्कै त्यस्तै त्यस्तै |
मैले संसारिक माया मोहलाइ तपाइ भन्दा अलीक धेरै देखेकी छु बुझेकी छु त्यसैले तपाइ आउनु भो जानु भो
ठीकै छ अब त
गर्नु गराउनुको केही खेल छैन सबै खण्डहर भो खॉक भो
हुनु नै थियो, के रहन्छ यहा ?
त्यो गुप्त मिलनको प्रेमील यात्रा रहेन…….
अहीलेलाइ
छ त केवल यो झमक्क सॉझ यो सॉस यो लामों यात्रा
जस्लाइ पार त गर्नै पर्छ भोग्नै पर्छ ज़िन्दगी नामक समयको चक्र चुपचाप चुपचाप गुमसुम गुमसुम
#शिवेकु२८०४२०१८